२०८२ कार्तिक २२ गते शनिवार

खोलाले बगाउँदा दाजुबहिनीको मृत्यु

रुकुम पश्चिम ,भदौ १८ । रुकुम पश्चिमको चौरजहारीमा विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाउँदा दाजुबहिनीको मृत्यु भएको छ ।

हिजो दिउँसो नाउलाखोलामा आएको बाढीले बगाउँदा चौरजहारी नगरपालिका-६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले मनोजको शव १ सय ५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको जानकारी दिए ।

मनोज आधारभूत विद्यालय घर्तीकाँडाको कक्षा ३ मा र भावना कक्षा १ मा पढ्थिन् ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *