तुलसीपुर, भदौ १७ । दाङका प्रहरी प्रमुखसहित दुइ डिएसपीको सरुवा भएको छ ।
दाङ जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा सरुवा भएको छ ।
अब जिल्ला प्रहरी प्रमुखको रुपमा पाल्पा घर भएका रामबहादुर केसी आउन थालेका छन् । केसी भैरहवा एयरपोर्टमा कार्यरत थिए ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमको कर्णाली प्रदेश कार्यालय वीरेन्द्र नगर सुर्खेतमा सरुवा भएको छ । गौतमको ठाउँमा को आउँछ भन्ने अझैं टुगो लागि सकेको छैन ।
एसपी वली र डिएसपी गौतमको सेवा अवधि अब करिब एक बर्ष जति मात्रै बाँकी छ । आगामी भदौ तिर उनीहरुले अनिवार्य अबकास पाउने छन् ।
त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लको प्रहरी तालिम केन्द्र बुटवलमा सरुवा भएको छ । अब इप्रका तुलसीपुरमा गोरखा घर भएका ठाकुरप्रशाद पोखरेल आउन लागेका छन् ।