तुलसीपुर , भदौ १५ । बबई गाउँपालिका जहरेबास ट्वाङखोलामा बाघले १३ वटा बाख्रा मारेको छ ।
बबई गाउँपालिका वडा नम्बर २ जहरेबास ट्वाङखोलाका छबिलाल खत्रीका १३ वटा बाख्रा जंगलमा चराउन लगेको क्रममा बाघले मारेको हो ।
खत्रीले भदौँ १२ गते स्थानीय सुवाखोरे सामुदायिक वन क्षेत्रमा चरणका लागि बाख्रा लगेको समयमा बाघले मारेको बताए ।
बाघले मारेका १३ वटा बाख्रामध्ये ९ वटा मरेको अबस्थामा फेला परेको र बाँकी चार वटा फेला नपरेको खत्रीले बताए ।
टीकादेबी बाख्रा फर्मका संचालक खत्रीले केही बर्ष यता ब्यबसायिक रुपमा बाख्रा पाल्दै आएका थिए ।
बाघले मारेका १३ वटामध्ये दुई वटा बोका रहेको खत्रीले जानकारी दिए । बाघ दर्जन बढी बाख्रा एकै साथ मारि दिएपछि खत्रीले नोक्सानी बेहोर्नु परेको छ ।
प्रकाशित मिति : २०८० भाद्र १५ गते शुक्रवार
