तुलसीपुर, भदौ १३ । घोराहीको कटुवाखोलादेखि चौघेरासम्मको सडक खण्ड आजदेखि बन्द गरिएको छ ।
सडक खण्ड मर्मतको काम भइ रहेको हुँदा भदौ २० गते अर्थात ७ दिनसम्म सडक खण्ड बन्द गर्न थालिएको हो ।
जिल्ला प्रशासनले जारी गरेको बक्तब्यमा भदौ १३ गतेदेखि २० गतेसम्म सडक मर्मत गर्न थालिएको हुँदा उक्त सडक खण्ड बन्द हुने हुँदा बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
यतिखेर जिर्ण तुलसीपुर– घोराही सडक खण्डका कारण चौतर्फी बिरोध भइ रहेको छ । चार लेन बनाउने नाममा भत्काइएको बाटोका कारण यात्रा गर्न निकै कठिन हुने गरेको छ ।
सोही सडक खण्ड अन्तरगत घोराहीको कटुवा खोला पुलदेखि चौघेरासम्मको मात्रै सडक खण्ड मर्मतको काम सडक डिभिजन दाङले गर्न थालेको हो ।
प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
