२०८३ असार २९ गते सोमवार

‘अन्यौलमा बेपत्ता परिवार’

तुलसीपुर,भदौ १३ । दाङको शान्तिनगर गाउँपालिका वडा नं. ७ खैरेनीकी रोशनी थापा क्षेत्री वेपत्ता भएको २१ वर्ष पुग्यो । तर उनी कहाँ कस्तो अवस्था छिन भन्ने कुरामा परिवार अझै अनबिज्ञ छ । रोशनीलाई दाङ देउखुरी स्थित बेला भन्ने ठाउँबाट २०५९ साल भदौ २१ गते माओवादीको आरोपमा नेपाली सेनाले प्रक्राउ गरेको थियो । जुन बेला रोशनी २१÷२२ वर्षकी मात्र थिइन ।

‘ घरकी जेठी छोरी बेपत्ता भएको २१÷२२ वर्ष वित्यो तर अहिलेसम्म कुनै अत्तोपत्तो छैन,रोशनीका बुबा मुरली मनोहर थापा क्षेत्रीले भावुक हुदैँ भने–‘अझैपनि छोरी फर्केर आउने आसमा आफ्नो परिवार बसिरहेका छौँ ।’


उनले छोरी बेपत्ता भएको लामो समय बिति सक्दापनि राज्यबाट कुनै सहयोग नभएको गुनासो गरे । ‘सशस्त्र द्धन्द्धको समयमा मेरो अविवाहित छोरीलाई विवाहित हो,हामी उसको घरपरिवार हौँ भनी टाठाबाठाले सरकारले दिने १० लाख रकम लिएर खाए,उनले भने–‘तर म र मेरो परिवारले अहिलेसम्म केही राहत पाएका छैनौ ।’

उमेरले डाँडा काट्नै लागेका ७२ वर्षीय मनोहरले नत छोरीको सास पाए,नत लास पाए नत क्षतीपुर्ती स्वरुप राहत नै पाए । उनले वर्षेनी आउने वेपत्ता दिवसले आफ्नो घाउँ बल्झाउने काम गरेको दुखेसो पोखे ।


त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ डुरुवाकी सोमती चौधरीलाई श्रीमान खुसीराम चौधरीको झ–झल्कोले दिनरात सताइरहन्छ । खुसीरामलाई २०५९ साल भदौ २१ गते घरमा अट्वारीको पुजा गरिरहेको बेला नेपाली सेनाको टोलीले प्रक्राउ गरि लगेको थियो ।

‘द्धण्द्धको समयमा नेपाली सेनाले मेरो श्रीमानलाई अपहरण गरि लग्यो,त्यो पिडाले अहिलेपनि पिरोलिरहन्छ,उनले भनिन–‘घरमा स–साना छोराछोरीको लालनपालन,शिक्षा दिक्षा गर्न मुश्किल भैरहेको छ,श्रीमानको अत्तोपत्तो छैन,राज्यले केही समयपछि १० लाख राहत त दियो तर मान्छे नभए त्यो पैसाको के काम ?’ उनले श्रीमान बेपत्ता भएपछि निकै समस्या झेल्नुपरेको दुखेसो पोखिन् ।

‘श्रीमान वेपत्ता भएको दुई दशक बढी भयो,अहिले पनि कतैबाट फर्केर आउँछिन् जस्तो लागिरहन्छ,–सोमतीले भनिन् ।’ उनले वेपत्ता व्यक्तीहरुको सवालमा राज्य गम्भिर हुन नसक्दा पिडित परिवारहरु अन्यौलमा बाचिरहेको गुनासो गरिन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ गैरापातुका चोपीराम नेपाली पनि २०५९ साल चैत १५ गते देखि वेपत्ता छन ।

नागरिकता बनाउन सल्यान खलगां गएका चोपीरामलाई माओवादीको आरोप लगाएर नेपाली सेनाले प्रक्राउ गरेको थियो । ‘वर्षौ बिते तर अहिलेसम्म बुबाको केही पत्तो लागेको छैन,छोरी बिनिता नेपालीले गुनासो गरिन–‘सरकारले अहिलेसम्म राहत स्वरुप १० लाख दिएको छ तर त्यसबाहेक परिवारले केही पाएको छैन् ।’

उनले परिवारले पैसाभन्दा पनि बेपत्ता व्यक्तिको सत्यतथ्य बाहिर ल्याउन सरकारसगं माग गरिन । दश वर्षे द्धण्द्धकालमा कयौं मानिसहरु बेपत्ता भए,कयौँ मरे,कति त अगंभगं समेत भए । तर उनीहरुको परिवारका लागि क्षतिपुर्ती स्वरुप केही राहत होस भन्ने उद्देश्यले सरकारले रकम दिने घोषणा गरे पनि सम्बन्धित व्यक्तीसगं सो रमक पुग्न नसकेको पिडितको गुनासो छ ।

राहतको नाममा राजनितिकरण हुने गरेको र सोझा साझाको नामको रकम पनि टाठाबाठाले लिने गरेको पिडितहरुको आरोप छ । तत्कालिन सशस्त्र द्वन्द्वको समयमा दाङबाट महिला र पुरूष गरि ८१ जनालाई बेपत्ता पारिएको थियो ।


यसैबिच बुधवार दाङ लगाएत देशैभर अन्तराष्ट्रिय वेपत्ता दिवस मनाइएको छ । दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङ र तुलसीपुर उपमहानगरपालिकाले एक कार्यक्रमका बिच दिवस मनाएका छन । त्यस अवसरमा बोल्ने बक्ताहरुले वेपत्ता परिवारहरुलाई न्यायको अनुभुत हुने गरि सरकारले प्रभावकारी काम गर्नुपर्ने बताए ।


कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले वेपत्ता छानविन आयोग र सत्यनिरुपण आयोग राजनितिक ओझेल पर्दा द्धण्द्ध पिडित परिवारले न्याय पाउन नसकेको बताए । उनले नितिगत निर्णय गरि तुलसीपुरले बेपत्ता पारिएका सन्तानलाई  निःशुल्क रूपमा पठनपाठनको व्यवस्था गरेको बताए ।


नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सभापति मदन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा निर्वमान सभापति नारायण आचार्य, अधिकारकर्मी सुशील बस्नेत,मानव अधिकार तथा शान्ति समाजका कोषाध्यक्ष यज्ञबहादुर विश्वकर्मा,नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाका सभापति बालकृष्ण रेग्मी,सशस्त्र बेस क्याम्पका दिपेन्द्र थापा लगाएतले द्धण्द्ध पिडितहरुको सवालमा पटक–पटक घाउ बल्झाउने मात्र काम भएको तर्क गरे ।


नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका उपसभापति बिमल केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शाखाका अधिकृत बिश्राम अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *