२०८३ भाद्र १३ गते शनिवार

पाल्पा जीप दुर्घटनामा परी मृत्यु हुने तीन जनाकै सनाखत

बुटवल ,भदौ १३ । पाल्पामा बुधबार बिहान भएको जीप दुर्घटनामा परी मृत्यु हुने तीन जनाकै सनाखत भएको छ।

मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा, कास्कीको पोखरा महानगरपालिका–२५ का ३१ वर्षीय विनोद तिमिल्सेना, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर बोहोरा रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। गुल्मीको तम्घासबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको भाडाको स्कारपियो रिडी–तानसेन सडकखण्डको रिब्दीकोट गाउँपालिका–२ जोर्तेमा माथिबाट खसेको सुख्खा पहिरोले बिहान साढे आठ बजे च्यापिएको थियो।

घाइते सात जनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रनाउ थापाले बताए। शव पोष्टमार्टमको लागि पाल्पा अस्पतालमा ल्याइएको छ।

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *