२०८२ माघ १ गते बिहिवार

वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन

काठमाडौं ,भदौ १२ । वरिष्ठ पत्रकार एवम् साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ।

प्रोस्टेट क्यान्सर पीडित नेपालीको सोमबार साँझ ७८ बर्षको उमेरमा जनकपुरस्थित म्याक्स अस्पताल निधन भएको हो।

गत १ बर्षदेखि बिरामी उनको उपचारको क्रममा निधन भएको छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिए।

जनकपुरधाम उपमहानगरपालिका–२३ को बेला गाउँमा बुबा रामदुलार साह र आमा इन्द्रमणि देवीबाट विसं २००२ भदौ १९ गते उनको जन्म भएको थियो।

उनले २०१८ साल मङ्सिर २६ गतेदेखि पत्रकारिता शुरुआत गरेका थिए भने २०१५ सालमा ‘जानकी नौवमी’ कविता लेखेर र वाचन गरेर साहित्य लेखन शुरु गरेका थिए।

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *