२०८२ माघ ३ गते शनिवार

भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न जनशक्ति तयार

तुलसीपुर भदौ १२ । तुलसीपुर उपमहानगरपालिकाले भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि जनशक्ति तयार पारेको छ ।

पालिकाभित्र निर्माण गरिने संरचना भूकम्प प्रतिरोधी निर्माण गर्नका लागि पालिकाभित्रका ३२ जना मिस्त्रीलाई सात दिनसम्म प्रयोगात्मक सीप प्रदान गरेर जनशक्ति तयार पारेको हो ।


नगरप्रमुख टीकाराम खड्काले पालिकाभित्र निर्माण गरिने संरचनालाई भूकम्प प्रतिरोधी तरिकाले निर्माण गर्नका लागि सीप प्रदान गरिएको बताए । उनले विगतको सीपलाई थप दक्षता हासिल गर्न सकेकाले प्रशिक्षार्थीलाई गाउँ समाजमा पुगेर सिकाउन आग्रह गरे । उनले सिकेको सीपलाई स्वरोजगारसँग जोड्न आग्रह गरे ।


प्रशिक्षक अनुप पौडेलले प्राविधिक पटक पटक संरचना निर्माण स्थलमा पुग्न नसक्ने भएकाले संरचना निर्माणका लागि सीप प्रदान गरेसंगै मिस्त्रीहरुमा दक्षता बढेको बताए । उनले विगतमा संरचना निर्माणको अनुभवलाई थप परिष्कृत बनाउन सकिएको बताए ।


यसैबीच सात दिने तालिमको समापन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन इन्जिनियर श्रीनारायण चौधरीले गरेका थिए । तुलसीपुर उपमहानगरपालिका र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको संयुक्त आयोजना तथा तयार नेपालको सहयोगमा तालिम दिइएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *