तुलसीपुर, भदौ ११ । कतब्र्य ज्यान मुद्दाका एक फरार प्रतिबादी २३ बर्षपछि दाङमा पक्राउ परेका छन् ।
हालको रुकुम पश्चिमको मुसिकोट नगरपालिका – ७ घर भइ हाल दाङको घोराही उपमहानगरपालिका –१६ लेटारमा बस्दै आएका ४२ बर्षीय हरिशचन्द्र पाण्डे आइतबार पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले फरककोणलाई बताए ।
पाण्डलाई ज्यान मुद्दामा सर्बौच्च अदालतले २०५७ साल साउन ६ गते ८ बर्ष ७ महिना कैद सजाएको फैसला तोकेको थियो ।
पाण्डे त्यसपछि फरार भएका थिए । फरारको सूचिनमा रहेका पाण्डेलाई घोराही – १६ लेटारबाट प्रहरीले आइतबार पक्राउ गरिएको बताएको छ ।
पाण्डेलाई सोमबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा बुझाइएको दाङ प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार