२०८० असोज १५ गते सोमवार

लेखपोखराले ५ वर्षपछि बल्ल डाक्टर पायो

सल्यान, भदौ ११ । सल्यानको लेखपोखरा प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच बर्ष पछि डाक्टर आएपछि स्थानीय खुसी भएका छन् ।

छत्रेश्वरी गाउँपालिका – ५ लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्रले झन्डै पाँच वर्षपछि डाक्टर पाएको हो । २०६४ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा डा. निशा आचार्य आएकी छन ।

एक डा.सहित दश जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको स्वास्थ्य केन्द्रमा निरन्तर प्रयासपछि बल्ल डाक्टर पाउन सफल भएको अध्यक्ष ओजबहादुर बुढाथोकीले जानकारी दिए ।

छत्रेश्वरी, गाउँपालिका संगै शारदा नगरपालिकाका केही वडाका नागरिकलाई समेत उपचार सुविधा दिनका लागि भन्दै लेखपोखरामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको थियो ।

जस्ले गर्दा खलंगा, श्रीनगर, लुहाम तथा दाङ पुग्नुपर्ने बाध्यता थियो । अव भने गाउँमै डाकटर सहितको स्वास्थ्य सेवा सुरु भएपछि विभिन्न रोगको चेकजाँच र उपचार पाइने अपेक्षा स्थानीयले गरेका छन् ।

भदौ ३ गतेदेखि छत्रेश्वरी गाउँपालिकाकी मेडिकल अधिकृत डा. निशा आचार्यले प्राथमिक स्वास्थ्य केन्द्र लेकपोखराबाट सेवा सुरु गरेको हप्ता दिन पुग्नै थालेको छ ।

आचार्य लुम्बीनी मेडिकल कलेजबाट एमबिबीएस गरि करिव एक वर्ष राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सेवा गरिसकेकी अनुभवी डाक्टर हुन ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष फौदबहादुर वस्नेतले लेखपोखराको पाखापानीमा १५ सैयाको अस्पताल निर्माण कार्य जारी रहेको बताए ।

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *