२०८२ पुष ३० गते बुधवार

क्यान्सर पीडित घर्तीको सहयोग याचना

दाङ, भदौ ११ । दाङ घोराहीका जमानसिंह पुनले आर्थिक सहयोगका लागि याचना गरेका छन् ।

दाङको घोराहीका क्यान्सर पीडित पुनले हालसम्म उपचारका क्रममा झन्डै एक करोड रुपैंया खर्च लागेको र अब थप उपचार गर्ने रकम अभाव भएको भन्दै आर्थिक सहयोगको यचाना गरेका हुन ।

लुगुम्याल खाम समाज दाङका सल्लाहकारसमेत रहेका पुन विगत ६ वर्षदेखि छिमेकी देश भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका छन् ।

भए भरको सम्पत्ति सबै उपचारमा सकिएको र अब थप उपचार गर्न आफ्नो आर्थिक अबस्था नरहेको भन्दै उनले मानविय नाताले आर्थिक सहयोगको आचना गरेका हुन ।

उनले घोराहीस्थित ग्लोबल आईएमई बैंकको आफ्नो नामको ३१६०७०१०००४४५२ नम्बरको खातामा मानविय नाताले सहयोग गरि जीवन रक्षाका लागि याचना गरेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *