तुलसीपुर,भदौ ११ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ (२) को प्रवक्तामा केशवराज केसी चयन गरिएका छन् ।
सोमवार काँग्रेस दाङ क्षेत्र नम्बर ३ (२) का सभापति खिमबहादुर वलीको अध्यक्षतामा बसेको बैठकले केसीलाई प्रबक्ताको जिम्मेवारी तोकेको हो ।
केसीलाई प्रबक्तामा मनोनित गरिएको क्षेत्रीय पार्टी सचिव भद्रबहादुर खड्काले जानकारी दिए । बैठकले ७ जना क्षेत्रीय प्रतिनिधिका रुपमा चयन गरेको छ ।
जसमा बबई– ७ का अम्मर बुढा, बबई– २ की मञ्जु वली, बबई– ४ का बिनबहादुर नेपाली , बबई ४ का प्रेमलाल खत्री शान्तिनगर ३ का पशुपति घर्ती , दंगीशरण ६ की सर्मिला घर्ती र तुलसीपुर– २ का लिलाराम न्यौपाने रहेका छन् ।
त्यस्तै तुलसीपुर– २ का ढुण्डीराज न्यौपाने, तुलसीपुर– ११ का केशव केसी, शान्तिनगर –२ का लिलधर वली , दंगीशरण–४ का प्रवल विष्ट, बबई– ७ का अम्मर बुढा, दंगीशरण– १ का मोहन चौधरी , तुलसीपुर– ११ का चुडामणी ढकाल, बबई– २ का चिन्तामणी शर्मा ,शान्तिनगर –३ का नन्दुलाल पाण्डे, तुलसीपुर – १० का धुर्व शाह, दंगीशरण– ७ का हर्केबहादुर बुढाथोकी, बबई– ७ का रुद्रबहादुर डाँगी, शान्तिनगर–३ का सिला पोखरेललाई सल्लाहकारमा चयन गरिएको छ ।
त्यस्तै विभिन्न व्यक्तिलाई शाखाको शाखा संयोजकको जिम्मेवारी तोकिएको छ । संगठन शाखाको संयोजकमा होमप्रकाश गौतम, प्रशिक्षण शाखाको संयोजकमा दोर्ण देवकोटा,विकाश शाखा संयोजकमा मेघराज सोनी,अभिलेख शाखा संयोजकमा कुशल तर्ताल, कार्यक्रम तथा समन्वय शाखाको संयोजकमा गोविन्द मिघिरे, प्रचार प्रसार शाखाको संयोजकमा मधु चौकरीलाई जिम्मेवारी तोकिएको छ ।
बैठकले विभिन्न केहीलाई आमन्त्रित सदस्यमा मनोनित गरेको छ । तुलसीपुर– २ का लिलाराम न्यौपाने,शान्तिनगर –७ का प्रेमबहादुर केसी, तुलसीपुर–११ का गणेश बस्नेत, बबई– २ की मन्जु वली , बबई– ३ की पार्वती खड्का, शान्तिनगर– ५ की पुष्पा गुरुङ, दंगीशरण– ६ का नारायण डाँगी, दंगीशरण– ७ का सोमराज सुनार, शान्तिनगर– १ की डिला वली र तुलसीपुर– १० का मनकुमारी चौधरीलाई आमन्त्रित सदस्यमा मनोनित गरिएको कांग्रेस दाङ क्षेत्र नं. ३ (२) सचिव भद्रबहादुर खड्कालेले जानकारी दिए ।