सल्यान,भदौ ११ । सल्यान बन्गाडमा तरकारी बोकेको गाडी दुर्घटना भएको छ । कर्णाली प्रदेश ०० क ०१५४ नं को मिनि ट्रक सोमबार विहान ११ बजे पल्टिएको हो ।
तरकारी बोकेर नेपालगञ्ज देखि रुकुम चौरजहारी जाँदै गरेको मिनि ट्रक नाथेखोला र च्युराको विच भागमा दुर्घटना परेको छ ।
दुर्घटनामा सुर्खेत भेरिगंगा नगरपालिका वडा १० छिन्चुका २३ बर्षिय चालक रितिक विक र बाँके राप्ति गापा वडा नं ७ सिसिनियाका १८ बर्षिय सहचालक आषिस चौधरी घाइते भएका छन् ।
दुबै जनाको बाँझकोट स्वास्थ्य चौकी च्युरामा उपचार भइरहेको छ । स्वास्थ्य चौकीकाका अनुसार दुबैको अवस्था समान्य रहेको जनाएको छ।
हात खुट्टामा सामान्य चोट लागेको छ ।चालकका अनुसार ब्रेक फेल भएर गाडि दुर्घटनामा परेको जनाएको छ ।
प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार