२०८२ माघ १ गते बिहिवार

बंगलाचुलीमा टिपरको ठक्करबाट एकजना गम्भिर घाइते

तुलसीपुर,भदौ ११ । दाङको बंगलाचुलीमा टिपरको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् ।

सोमबार बिहान साढे ८ बजेतिर बंगलाचुली ४ स्थित घोराहीबाट तापा चुन ढुंगा तर्फ जाँदै गरेको रा १ ख २२८४ नम्बरको टिप्परले विपरित दिशाबाट आउँदै गरेको रा ६ प ५२४५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।

घाइते हुनेमा बंगलाचुली गाउँपालिका ४ निवासी ३२ वर्षिय युवराज कार्की रहेका छन् । घाइते कार्कीको बंगलाचुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल रेफर गरिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

साथै टिपर र चालकलाई नियन्तणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

तस्विर ः पत्रकार जिवन नेपालीको फेसबुकबाट ।

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *