दाङ, भदौ ११। आज केही समाचार छैनन्, सहकर्मि लिलाधर वलीले भनिरहेको संझना छ । दिउँसो एकै छिन कार्यालय छिर्दा समाचारको खडेरी लिलाले बताइरहंदा मेरो डायरीमा अनगिन्त समाचार छन् ।
कुनै समाचारलाइ लेन्ख समय जुर्नु पर्छ, कुनै समाचार लेखेर पनि राज्यले कानमा तेल हालेर बस्छ, कुनै समाचार श्रोतहरुले नलेख्न पनि आग्रह गर्छन । नलेख्न आग्रह गरिएका समाचारहरु पनि थुप्रै छन् ।
तर अहिलेको दाङ जिल्लाको मुख्य समाचार चारलेन सडकको हो । धरानको समाचार हर्क साम्पाङको अनि राजधानीको समाचार काठमाण्डौ उपमहानगरपालिकाका प्रमुख वालेन साहको हो । उनलाइ तेली साह भन्छन्, त्यसैले सरकारलाइ पेलेर तेल निकालिरहेका छन् ।
अबैध अतिक्रमण हटाइरहेका छन् । संभवतः उनको पाच बर्षे कार्यकालको पहिलो बर्ष अतिक्रमण भत्काएर राजधानीलाइ सुन्दर बनाउने हुने छ । दोस्रो बर्ष उनले पुर्ननिर्माणको अभियानमा लाग्ने छन् । जहा जे आवस्यक छ, त्यहां त्यहीको व्यवसाय वालेनको प्रण हो । उनको प्रण उपमहानगरपालिकाको बार्षिक क्लालेन्डरमै छ ।
बोल्दैनन् वालेन गर्छन् त्यसैले त पुरै दुनिया वालेनको विरुद्ध औला उठाउन सकेको छैन । राप्रपाको अनाधिकृत रुपमा निर्माण गरिएको कार्यालयमा डोजर लगाएर भत्काउने अभियानमा राप्रपाका केहि नेताहरुले विरोध गरे वाहेक वालेनको विरोध छैन । यसले के देखाउछ भने मुलुकले राजधानीमा मात्रै होइन सतहत्तरै जिल्लामा वालेन जस्तै नेतृत्व खोजिरहेको छ ।
त्यसो त धरानमा स्वतन्त्रबाट निर्वाचित भएका हर्क साम्देनको पनि कम्ति चर्चा भएन । बालेन वोलेनन्, हर्का वोलिरहे, नाचिरहे, अनि गित गाइरहे । अनि गितगाउदै गर्दा उनले गोरुको मासु खान पनि नगरबासीलाइ निर्देश गरे । मन्दीरको गेट नजिकै चर्च बनाउन स्वीकृत दिए । धार्मिक स्वतन्त्रता भन्दा पनि क्रिश्चियनिटिको ठाडो हस्तक्षेपलाइ उनले अंगिकार गरे ।
त्यसैले धरान केहि दिन देखि असान्त छ । त्यसको कारण त्यहिकै मेयर हर्क साम्देन । सायद वालेन फेरी उदाउलान, हर्कको यो पहिलो र अन्तिम जनप्रतिनिधिको भुमिकाको अवसर हो । जनप्रतिनिधि हुनुको अर्थ उनले बुझेनन्, धरान जस्तो स्थानमा मेयर बनेका उनले राष्ट्रिय राजनिति बुझेनन्, नेपाली जनताको मर्म बुझेनन् ।
नेपालको संविधानले धर्म निरपेक्षतालाइ स्वीकार गरेको छ । सवै धर्मावलम्विहरुलाइ आफ्नो संस्कार र संस्कृतिमा कुनै अवरोध गरेको छैन । नेपालमा ८५ प्रतिसत हिन्दु धर्मावलम्वि हुदा पनि धर्म निरपेक्षतालाइ संविधानले अंगिकार गरीरहेको अवस्थामा धार्मिक अतिवाद सुरु भएको छ, जुन हर्कले सुरुवात गरे ।
वहुशंख्यक नेपालीको मानमर्दन गरे, अनि गोरुको मासुलाइ प्रोत्साहन गरे । हिन्दु मन्दीरको नजिकै चर्च बनाउन स्वीकृति दिए । साम्देन धर्म गुरु मात्रै भएको भए त्यो निर्णय र त्यो अभियान सार्थक र सामान्य हुन्थ्यो । तर हर्क स्थानिय सरकारका प्रमुख हुन। नेपाली जनताका प्रतिनिधि हुन् ताकि उनी क्रिश्चियनका धर्मगुरु होइनन् ।
यहि कारण धरान केहि दिन तनावग्रस्त बन्यो । एउटा नगरप्रमुखको अभिव्यक्तिका कारण नगर यति दिन सम्म आगोमा जल्ने अवस्था आउछ भने त्यो महिल्यै फेरी जनप्रतिनिधि बन्न सक्दैन ।
अन्तका कुरा छाडौं । चारलेन सडकले यहांका एक जना होनहार नेतालाइ वगायो । उनको राजनितिक यात्रामा ब्रेक लगायो । छोरा ठेकेदार वाउ जनप्रतिनिधि । त्यसमा पनि वाउको भुमिका छोरालाइ ठेक्का दिलाउनुमै केन्द्रित रह्यो ।
यहि अभियानमा साथ दिए तात्कालिन मुख्यमन्त्रीले पनि । ठेक्का जोगाउन माधव खेमाका ती नेताले ओलि खेमा रोजे । फेरी प्रदेशसभा सदस्यका उम्मेदवार बने । तर हारको प्रमुख कारण थियो चारलेन ।
चारलेनका नाममा सडक भत्काउन सुरुभएयता कम्तिमा ३६ जनाको यहि सडकमा दुर्घटनामा परेर ज्यान गएको छ । चारलेन बनाउने भनिएको सडक अहिले सिंगल लेन पनि मस्कीलले चलेको छ । चारलेनको पहिलेको ठेक्का रद्ध भएको छ ।
नयां ठेक्काकालागी फेरी डिपिआर सुरु भएको छ । तर यसअघि ठेक्का संझौता भएको भनिएको खाल्टा पुर्ने काम भने अझै सुरु भएको छैन । साउन पहिलो सातादेखि काम सुरु हुने र असोज मसान्त सम्म साविकको सडकलाइ ज्युका त्यु वनाउने भनिएको थियो । तर ठेकेदार खोइ । यहांका राजनेताहरु कहां छन? सडक विभागले ठेक्का लगायो, तर काम लगाउन किन सकेन? यी प्रश्नहरु अनुत्तरीत छन् ।
किनकि यो मुलुकलाइ ठेकेदारहरुले चलाइरहेका छन् । ठेकेदारले नेताको मुखबुझो लगाइदिन्छन् । ठेकेदारहरुले विषयगत कार्यालयलाइ अनाधिकृत कमिशन दिन्छन् अनि ठेकेदारहरुले जे गरेपनि भयो । ठेकेदार विरुद्ध कसैले आवाज उठाउने अवस्था छैन, किनकि ठेकेदारहरुलाइ कारवाहि गर्ने नैतिक हैसियत सरकार र सरकारी कार्यालयसंग छैन ।
त्यहि कारण घोराही—तुलसीपुर यातायात सेवाले यहांको प्रशासनको हैसियत सुझाएको छ । यहांका राजनेताहो हैसियत सुझाएको छ। अनि विषयगत कार्यालयको हैसियत सुझाएको छ । समाचार त धेरै लेखिएका छन् तर समाचारको कुनै रेस्पोन्स हुने गरेको छैन । किनकि मुलुक आफ्नै रफ्तारमा चलिरहेको छ । मुलुकलाइ समाचारको रेस्पोन्स गर्ने फुर्सद छैन । किनकि समाचारको रेस्पोन्समा कुनै आर्थिक लाभ छैन ।