२०८२ पुष ३० गते बुधवार

प्रेस काउन्सिल नेपालका सदस्य नै बने एमाले प्रदेश प्रतिनिधि


दाङ,भदौ १० । नेकपा एमाले लुम्बिनी प्रदेशको आसन्न प्रदेश अधिबेशनका लागि सर्बसम्मतरुपमा प्रदेश प्रतिनिधि छ्नौट गरिएको छ ।

एमाले पार्टी कार्यालय भरतपुरमा भएको कार्यकर्ता भेलाले यहि भदौ १६ र १७ गते हुने अधिबेशनका लागी घोराहीबाट ४२ जनालाई प्रदेश प्रतिनिधि छनौट गरेको हो । पार्टीको प्रदेश प्रतीनिधिमा पर्नेमा प्रेस काउन्सिल नेपालका सदस्य पनि छन ।

काउन्सिल सदस्य शरद अधिकारी पुरुष तर्फ छनौट भएको नेकपा एमाले दाङका प्रचार बिभाग प्रमुख सबिन प्रियासनले बताए ।

जसअनुसार पुरुष तर्फ प्रदेश प्रतिनिधिमा घोराहीमा पहिलो नम्बरमा प्रदेश सचिब लक्ष्मण आचार्य, दाङ क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्यका उम्मेद्वार बनेका, बलिभद्र राना, नारायण भुषाल,धु्रवकुमार श्रेष्ठ(भारी), हेमराज बञ्जाडे, प्रमोद शर्मा, गोविन्द आचार्य, अरुणकुमार शर्मा,तिरण गौतम, पर्शुनारायण श्रेष्ठ, सुरेश गौतम, रामदयाल गुप्ता, मानबअधिकार कर्मि विकीरण गौतम, सुरामणि बेल्वासे, गणेश लम्साल, राममणि पाण्डे, विवेक श्रेष्ठ, कुलबहादुर लामिछाने, भानसिंह बुढा, भरत अर्याल रहेका छन ।

यसै गरेर महिला तर्फ तुलसा केसी, हुमा डिसी, हिरादेवी पुन,प्याउली केसी, शोभा शाह, तारा पुरी, सिता चौधरी, बसन्ती चौधरी, रेखा केसी, लक्ष्मी अधिकारी, सरस्वती खत्री, पशुपती चौधरी, सरीता सुवेदी , माया पौडेल रावत प्रदेश प्रतिनिधि बनेकि छिन ।

त्यस्तै दलित तर्फ मानबहादुर विश्वकर्मा, चुर्णबहादुर नेपाली, टंकबहादुर सुनार, शंकरबहादुर नेपाली, देउमान दमाइ, निर्मला विश्वकर्मा, लिला विश्वकर्मा प्रदेश प्रतिनिधि बनेका छन ।

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *