२०८२ माघ १० गते शनिवार

चोरी मुद्धामा फरार दुई प्रतिवादी पक्राउ


तुलसीपुर,भदौ १० । चोरी मुद्धामा फरार प्रतिवादी दुई जना पक्राउ परेका छन् ।

प्रहरीले घोेराही उपमहानगरपालिका वडा नम्बर ४ गोग्लीका ३१ वर्षिय बुद्धीराम चौधरी र ३३ वर्षिय निम बहादुर चौधरीलाई पक्राउ गरेको हो ।

दुवै जनालाई घोराही-१५ अदालत अघि हिडिरहेको अवस्थामा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

उनीहरु दुवै जनालाई चोरी मुद्धामा दाङ देउखुरी जिल्ला अदालतले २०७९ साल भदौ १२ गते जनही ३/३ महिना कैद सजाय र ३/३ हजार नगद जरिवाना फैसला गरेको छ ।

पक्राउ परेका दुवै जनालाई अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *