दाङ, भदौ १० । दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य गृह मन्त्रालयमा तानिएका छन् ।
ललिता निवास प्रकरणमा उनको नाम मुछिएको छ ।
भूमि सुधार मन्त्रालयमा हुँदा बैद्यको ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी देखिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
बैद्य माथिको आरोपबारे छानबिन गर्न सहज होस भनेर गृह मन्त्रालयमा उनलाई तानिएको हो ।
प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
