२०८२ माघ ३ गते शनिवार

खोलामा डुबेर दुई जनाको मृत्यु

बाँके,भदौ ९ । बाँकेमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर बताए।

साथीसँग खोलामा नुहाउन गएका बेला आज दिउँसो बर्मा नालामा बेपत्ता भएका थिए। बेपत्ता बर्माको शव प्रहरीको टोलीले निकालेको थियो।

यस्तै, पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–१ कौशिला नगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ।

बैजनाथ गाउँपालिका–३ एलबीचोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले बताए।

मृतक सार्कीसँगै पौडी खेल्न गएका अन्य दुई जना फरार भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० भाद्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *