लमही,भदौ ९ । लमही नगरपालिका भित्र संकलन हुने फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे छलफल भएको छ ।
दिगो विकास लक्ष्य स्वैच्छिक पुनरावलोकन प्रतिवेदन निर्माणको काम गर्दै आएको युएनडिपिका प्रतिनिधिसंग पालिकाले फोहोर व्यवस्थापन सम्बन्धि छलफल गरेको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले बताए ।
फोहरलाई मोहोरमा परिणत गर्न सके सबैलाई फाइदा पुग्ने बताउदै फोहोर बस्तुबाट प्राङ्कारिक मल उत्पादन गर्न सकिने, ग्यास उत्पादन गर्न सकिने भन्दै नगरपालिकाले यो विषयमा अध्ययन थाल्ने छु-प्रमुख चौधरीले भने ।
कुनैपनी काम गर्दा योजना पुर्व तयारी आवश्यक हुन्छ, एक पटक काम गरेपछि फेरि त्यो कामलाई बिगारेर गर्नु पर्ने परिपाटी बसेको छ, यसले गर्दा हाम्रो वजेट र समय खेर गैरहेको हुन्छ, यो कुरामा सबैको ध्यान जान जरुरी छु- नगरप्रमुख चौधरीले भने ।
लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले समृद्ध नगरपालिका बनाउनका लागि सबै शाखाका कर्मचारीहरुको महत्त्वपूर्ण भुमिका रहने बताईन ।
किसानलाई समयमा मल पुर्याउन नसकेको भन्दै फोहोरलाई मलमा परिणत गरेर किसनलाई मल बितरण गर्न सकिने कुरामा जोड दिइन ।
नगरपालिका सफल भएमा सबैको नाम जोडिने भन्दै नगरपालिकाको विकासको लागि तनमन लगाएर अगाडी बढ्न कर्मचारीहरुलाई आग्रह गरिन ।