२०८२ माघ ४ गते आइतवार

विदेशी राष्ट्रिय गान बजाएको भन्दै मुख्यमन्त्री चौधरीद्वारा कार्यक्रम बहिस्कार


रुपन्देही, भदौ ८। नेपाली भूमिमा विदेशी गान राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेका छ्न ।

रुपन्देहीमा भएको किवानिस नेपालको पाँचौ डिष्ट्रिक महाधिवेशको उद्घाटन समारोह मुख्यमन्त्री चौधरीले बहिस्कार गरेका हुन ।

प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री चौधरी सहभागि हुनु भएको कार्यक्रममा आयोजकले नेपाली राष्ट्रिय गानको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशीगीतबाट कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरे ।

नेपाल डिष्ट्रिक महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियता प्रति प्रहार भएको भन्दै कार्यक्रम बहिस्कार गरेर निस्कीएको मुख्यमन्त्री चौधरीले बताए ।

प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *