२०८२ पुष ३० गते बुधवार

बुढाथोकीको निधनप्रति नेका क्षेत्र नम्बर -१ द्वारा दु:ख व्यक्त

दाङ ,भदौ ८ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले साविक बेला गाविसका इकाई सभापति राम बहादुर बुढाथोकीको निधनप्रति दु:ख व्यक्त गरेको छ ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले बुढाथोकीको निधनले पार्टीलाई अपुरनिय क्षति भएको बताए ।

उनले नेपाली कांग्रेसप्रति गरेको योगदानको सधै सम्झना रहने छ, पार्टीमा निर्वाह गरेको भूमिका मार्गदर्शक भएर सम्माननिय रहने छ’- सभापति पाण्डेले भने ।

बुढाथोकीको अन्तिम दाहसंस्कारमा सैयौं नेता, कार्यकर्ता तथा शुभ चिन्तकको उपस्थिति रहेको थियो ।

बुढाथोकीको आज बिहान ९ बजेतिर ७३ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो। बुढाथोकीले नेपाली कांग्रेस साविक बेला गाविसका इकाई सभापतिमा रहेर महत्वपुर्ण भूमिका निर्बाह गरेका थिए ।

त्यसैगरी नेपाली कांग्रेसको १२ र १३ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनु भएको थियो । त्यस्तै पार्टीको हरेक काममा दिएका जिम्मेवारी सफलता पुर्वक निर्वाह गरेका थिए ।

दुर्गा सामुदायिक वन उपभोक्ता समुह बेला, बेला कुलापानीको अध्यक्ष बनेर जिम्मेवारी निभाएका थिए भने अहिले गढवा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष र गढवामा रहेको चुरे वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदमा रहेर सामाजिक सेवा गर्दै आएका थिए ।

यहि भदौमा हुन गैरहेको गढवा उद्योग वाणिज्य संघको निर्वाचनमा बुढाथोकी अध्यक्ष पदका लागि नाम चर्चामा थियो ।

प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *