२०८२ माघ ८ गते बिहिवार

महिला कैदीबन्दीहरुलाई नयाँ भवनमा सारियो

तुलसीपुर,भदौ ८ । कारागार कार्यलय तुलसीपुर, दाङका महिला कैदीबन्दीहरुलाई नयाँ भवनमा सारिएको छ ।

यस अघि पुरानो भवनमा रहेका कैैदीबन्दीहरुलाई विहीबार नयाँ भवनमा सारिएको हो । यस अघि तीन वटा कोठामा मात्रै ४९ जना महिला कैदीबन्दी र तीन जना आश्रित बालबालिकाका थिए ।

जहाँ निकै साँघुरो र बस्न अप्ठ्यारो हुने गरेको थियो । त्यसैलैलाई मध्ये नजर गरि नयाँ महिला कैन्दीबन्दीको भवन निर्माण गरिएको हो । लुम्बिनी प्रदेश सरकारको ३ करोड ८८ लाख लागतमा निर्माण भएको नयाँ भवनमामा १८ वटा कोठा छन् ।
जसमा ८५ जना कैदीबन्दीलाई राख्न सकिने कारागारका जेलर चिन्तामणी रेग्मीले बताए । ‘पहिले तीन वटा कोठामात्रै भएको पुरानो भवनमा महिलाहरुलाई राखिएको थियो, जहाँ ब्यबस्थापन गर्न निकै समस्या हुने गरेको थियो,उनले भने,‘नयाँ भवन बनेपछि अब एकै पटक ८५ जनालाई राख्न सकिन्छ ।’

उक्त भवन निर्माणको जिम्मा प्रशंसा कन्ट्रक्सनले पाएको थियो । २०७८ साउन २५ गते सम्झौता भइ २०८० भदौ १ गते सक्ने गरि सम्झौता भएपनि असार मसान्त भित्रै उक्त भवन निर्माण कार्यले पूणर्ता पाएको हो ।

महिला कारागार भवनको दाङका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले उद्घाटन गरेकी हुन। त्यस अवसरमा पुनले महिला कैदीहरुलाई बस्न निकै समस्या हुने गरेकाले नयाँ भवन निर्माणमा ताकेता गरेको बताइन ।

भवन निर्माण भएपछि कैदी महिलाहरु पनि खुसी भएका छन् । यस अघि साँघुरो ठाउँमा निकै असहज तरिकाले बसेको भएपनि भवन नयाँ भवनमा आएपछि सहज भएको महिला कैदी नाइके रुक्सा राइले बताइन ।

कार्यालयका नायब शुब्बा रम्बा केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण दोर्ण वलीले गरेका थिए ।

तुलसीपुरमा महिला र पुरुषका लागि छुट्टा छुट्टै भवन निर्माण गरिएको छ । यस अघि पुरुष कैदीबन्दीलाई नयाँ भवनमा राखिएको थियो । तुलसीपुरमा हाल ४ सय ७७ पुरुष, ४९ जना महिला, ३ जना आश्रित बालबालिका, १४ जना विदेशी कैदीबन्दी रहेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *