२०८३ जेष्ठ १५ गते शुक्रवार

प्रभाबकारी बन्दै दिवा खाजा कार्यक्रम

तुलसीपुर,भदौ ७ । दंगीशरण गाउँपालिका वडा नं.४ बोकटीकी अस्मिता भण्डारी गाउँमै रहेको ज्ञानज्योती प्रा.वि मा कक्षा ४ मा पढ्छिन ।

उनी हिजोआज विद्यालय जान निकै उत्साहित हुन्छिन् । पढेर भोक लागेको बेला दिउँसोको समयमा खाजा÷नास्ता खान पाइने भएपछि नियमित विद्यालय जान थालेको उनी बताउँछिन् ।

उनले विद्यालयमै पोषिलो खाजा र शैक्षिक सामाग्रीहरु पाउन थालेपछि पढाईसगैं स्वास्थ्य पनि राम्रो बन्दै गएको बताइन ।

‘पहिले स्कुल जाँदा घरमा आमा,हजुरआमाले खाजा बनाउन नभ्याएर नलगि जानुपथ्यो,भोक लागेर दिउँसो बीचमै स्कुल छोडेर घर जान्थेँ,उनले भनिन्,तर अहिले स्कुलमै पेटभरी खाजा खान पाउन थालेपछि पढाइमा मात्र ध्यान जान्छ ।’ उनले विद्यालयमा हरेक बार फरक–फरक खानेकुराहरु खाने गरेको बताइन ।
जस्तैःहलुवा,चना,खीर,चिउरा÷पुलाउ,खिचडी÷चिउरा अण्डा लगाएत । विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएदेखि तौल पनि बढ्दै गएको अस्मिताले सुनाइन ।

दिवा खाजा कार्यक्रमले विद्यालय जाने विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको सिद्ध जनता मावी श्रीगाउँका प्रध्यानाध्यापक नवराज डाँगीले बताए ।

उनले चाइना फाउन्डेसन नेपालको आर्थिक सहयोगमा सञ्चालनमा आएको दिवा खाजा कार्यक्रमले शैक्षिक सुधारमा पनि सकारात्मक भुमिका खेलेको भन्दै धन्यवाद पनि दिए ।

चाइना फाउन्डेसन नेपालको आर्थिक सहयोगमा पश्चिम दाङका तिन वटा पालिका (तुलसीपुर,दंगीशरण,शान्तिनगर) मा रहेका ११ वटा सामुदायीक विद्यालयहरुमा विगत २ वर्ष देखि दिवा खाजा कार्यक्रम सञ्चालन भैरहेको छ ।

नेपाल सरकारले दिवा खाजा कार्यक्रम बापत प्रदान भइरहेको रकममा फाउन्डेसनले प्रतिविद्यार्थी ५७ रूपैयाँ ३० पैसा थप गरेर कार्यक्रम सुरू गरेको हो ।

यस कार्यक्रमबाट तीनवटा पालिकाका शिशु कक्षादेखि ६ कक्षासम्मका एक हजार बढी छात्रछात्रा लाभान्वित भैरहेको बेस संस्थाले जनाएको छ । बेस संस्थाले नेपालको शिक्षा,स्वास्थ्य, खानेपानी, पोषण, सीप तथा सामुदायिक विकासमा सहयोग गर्दै आएको छ ।

बेस संस्था(ब्याकवार्ड सोसाइटी एजुकेशन)ले बिहिवार तुलसीपुरमा आयोजना गरेको पश्चिम नेपालमा आधारभुत शिक्षाको गुणस्तरीयता अभिबृद्धि विषयक गोष्ठीमा बोल्ने बक्ताहरुले गुणस्तरीय शिक्षाका लागि दिवा खाजा कार्यक्रम फलदायी बन्दै गएको बताएका छन ।

उनीहरुले दिवा खाजा कार्यक्रम बालबालिकाहरुका लागि निकै प्रभावकारी र उपयोगी पाइएको बताए ।

बेस संस्थाका कार्यबहाक अध्यक्ष यज्ञराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले प्रदेश सरकारले एक महिना भित्रमा शिक्षा ऐन ल्याउन लागेको बताए ।

तर उनले समयमा ऐनहरु नबन्दा अहिले प्रदेश सरकार धेरै क्षेत्रमा अधिकार बिहिन जस्तै भएको बताए । ‘ऐनहरु बनिसकेका छैनन्,अहिलेसम्म पालिकाहरुले नै स्कुलहरु चलाइराखेको अवस्था छ,अब छिट्टै संघिय शिक्षा ऐन आइसकेपछि हामीले पनि अधिकार पाउछौँ,तब मात्र स्थानीय पालिका विद्यालयहरुका गुनासाहरु सम्बोधन हुनेछन,‘मन्त्री गुप्ताले भने,।’

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले सामुदायीक विद्यालयको शैक्षिक सुधारका निम्ती सामाजिक सघं,संस्थासगं सधै हातेमालो गर्दै अगाडी बढ्ने बताइन ।

चाइना फाउन्डेसनका नेपालका कार्यक्रम निर्देशक जेडओले गरिवी निवारणका लागि यो कार्यक्रम महत्वपुर्ण रहेको बताइन ।

उनले आगामी दिनमा यो कार्यक्रमलाई बढाएर लैजान पहल गर्ने प्रतिबद्धता पनि जनाइन । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाअध्यक्ष बिरेन्द्र शाह,वडा नं. १४ का अध्यक्ष शंकर खड्का,दंगीशरण गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष रेशम बहादुर वलि,शान्तिनगर गाउँपालिका वडा नं.७ का वडाध्यक्ष ताराबहादुर वलि लगाएतले दिवा खाजा कार्यक्रमले बालबालिकाको पठनपाठनमा ठुलो सहयोगा पु¥याएको भन्दै चर्चा गरे ।

बेस संस्थाका कार्यकारी निर्देशक चुर्ण बहादुर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार सुशिल बस्नेतले गरेका थिए ।

त्यस अवसरमा विभिन्न दातृनिकाय,आमा समुह,विद्यार्थी लगाएतलाई सम्मान एवं मायाको चिनो प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *