२०८२ माघ ४ गते आइतवार

लुम्बिनी प्रदेशमा लैंगिक हिंसाका घटना बढ्दो

तुलसीपुर,भदौ ७ । लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसाका घटना बढ्दो क्रममा देखिएको छ।

प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार घरेलु हिंसाका घट्ना आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा बढेको देखिएको छ।

आर्थिक वर्ष २०७८/०७९ मा घरेलु हिंसाका घटना दुई हजार ८ सय ६० उजुरी परेकोमा आर्थिक वर्ष २०७९/०८० मा केही बढेर दुई हजार ८ सय ८८ उजुरी परेको छ।

चालु आर्थिक वर्षको साउन महिनामा मात्रै ३०३ वटा घरेलु हिंसाका उजुरी प्रहरी कार्यालयमा दर्ता भएको र निरुपनको काम चलिरहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए।

उनका अनुसार जवरजस्ती करणीका घटना आर्थिक वर्ष २०७८/०७९ मा तीन सय ८० र आर्थिक वर्ष २०७९/०८० मा तीन सय ५१ दर्ता भएका छन्।

साउन महिनामा मात्रै ४६ वटा घटना दर्ता गरिएको छ। बहुविवाह गरेको भन्दै आर्थिक वर्ष २०७९/०८० मा एक सय ३२ मुद्धा चलेको छ। चालु आर्थिक वर्षको साउन महिनामा मात्रै २० वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेशमा बलबिवाह गरेको मुद्धा पनि दर्ता भएको छ। आर्थिक वर्ष २०७९/०८० मा ८ वटा मुद्धा दर्ता भएको छ। चालु आर्थिक वर्षको साउन महिनामा मात्रै ४ वटा घटना प्रहरी कार्यालयमा दर्ता भएको छ। आर्थिक वर्ष २०७८/०७९ मा ९ वटा बालविवाहका मुद्धा दर्ता भएको थियो।

नजिकका नातेदार तथा आफन्तबाटनै यौनजन्य हिंसाको घटना हुने गरेको अध्ययनले देखाएको छ।

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *