२०८२ माघ १० गते शनिवार

समुहका महिलाहरुलाई बाख्रा उपहार कार्यक्रम

प्रमोद आचार्य,दंगीशरण भदौ ६ । दंगीशरण गाउँपालिका कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता तथा हेफर प्रोजेक्टको साझेदारीमा संचालित परियोजना,हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग ,तथा दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा बाख्रा उपहार कार्यक्रम वडा नं.७ को सिम्ठानामा सम्पन्न भएको छ ।

गत बर्षदेखी संचालित बाख्रा उपहार कार्यक्रम अन्तर्गत वितरण गरिएको माउ बाख्राबाट उत्पादीत उपहार बाख्रा समुहका अन्य सदस्यहरुलाई मंगलबार एक कार्यक्रमका विच प्रदान गरिएको हो ।

भोकालाई एक छाक भोजन होइन जिउने जुक्ती सिकाउ भन्ने उदेश्यका साथ दंगीशरण कृषि तथा पशु विकासमा आधारीत साना किसान तथा युवा उद्यमशिलता साझेदारी अन्तर्गत वडा नं.७ को सिम्ठानामा रहेको बेलपत्र समुहका सदस्यहरुले त्यहि रहेको मनकामना समुहका दिदिबहिनीहरुलाई बाख्रा उपहार प्रदान गरेका हुन् ।

गाउँपालिकाको ७० प्रतिशत र हेफर प्रोजेक्ट नेपालको ३० प्रतिशत सहयोगमा दंगीशरणमा कृषि तथा पशु पन्छिको क्षेत्रमा प्रभाबकारी काम गर्न परियोजना लागु गरिएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए ।

अध्यक्ष गिरीले भौतीक पुर्वाधारलाई मात्र विकास नठानि किसानी जनताको आर्थिक अवस्था मजबुत र सबैको चेतनाको विकास गर्नसके मात्र आफुहरुको नारा समुन्नत दंगीशरण हाम्रो परिकल्पना नाराले सार्थकता पाउने बताए ।

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *