२०८२ माघ १० गते शनिवार

मावि सौडियारका लेखापाल केशव केसीको निधन

तुलसीपुर,भदौ ६ । दाङको घोराही उपमहानगरपालीका -७ स्थित मावि सौडियारमा कार्यरत लेखापाल केशव केसीको ४७ बर्षको उमेरमा निधन भएको छ ।

सौडियार निबासी केसीको गएराती निधन भएको हो । उनी विगत केहि बर्ष देखि क्यान्सर रोगबाट पिडित रहेका थिए । जिल्लामा विद्यालय कर्मचारी परीषद्लाई सक्रिय बनाउन महत्वपुर्ण योगदान दिएका थिए । उनले केहि बर्ष अघि सचिव सम्म रहेर काम समेत गरेका थिए ।

यसैविच विद्यालय कर्मचारी परीषद् दाङले केसीको निधनमा दुख ब्यक्त गरेको छ । अध्यक्ष तप्त प्रसाद शर्माले शोक बक्तव्य जारी गरी केसीको निधनले परीषद्लाई स्तव्ध बताए ।

समाजलाई शिक्षित बनाउने थलोमा कार्यरत रहदा अश्वस्थ भई सघर्षशिल जिवन जिउदाजिउदै भएको निधन प्रति दुख ब्यक्त गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ,विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै केन्द्रीय उपमहासचिव डम्बर ओली, लुम्बिनी प्रदेश अध्यक्ष गोविन्द जिसी,केन्द्रीय सदस्य मित्रलाल शर्माले केसीको निधनमा दुख ब्यक्त गरेका छन ।

परीषद् र समाजलाई अतुलनिय क्षती पुगेको उल्लेख गरेका छन । साथै दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै परीवारजनमा समबेदना प्रकट गरेका छन ।

केसीको परीवारलाई बिद्यालय कर्मचारी परिषद दाङ जिल्ला कार्य समितिले केहि समय अघि आर्थिक सहयोग स्वरुप २३ हजार १ सय ५५ रुपैया हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *