२०७७ फाल्गुन २० गते बिहिवार

दाङका लिलाधर जिते दुई स्वर्ण पदक

लिलाधर वली,
१३ बैशाख । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दाङका लिलाधर बस्नेले दुईवटा स्वर्ण पदक जित्न सफल भएका छन् । नेपालगंजमा भएको आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटिएफ तेक्वान्दो र टिम काटामा दाङ निवासी बस्नेतले दुई वटा स्वर्ण जितेका हुन ।

नेपाल आर्मीको विभागीय टिम त्रिभुवन आर्मी क्लववाट प्रतियोगितामा सहभागी बस्नेतले फाइनल खेलमा एपिएफका खेलाडी हर्कराज राजबंशीलाई हराउँदै प्रतियोगितामा स्वर्ण जितेका हुन । त्यस्तै बस्नेतले टिम काटामा पनि स्वर्ण जितेका छन । टिम काटामा पनि एपिएफकै समूहलाई फाइनल खेलमा हराउँदै स्वर्ण उनले स्वर्ण जितेका हुन । घोराही उपमहानगरपालिका वडा नं. –५ नैनवार निवासी बस्नेत दुई स्वर्ण पदक जित्ने एक्ला खेलाडी हुन ।

स्वर्ग जितेका बस्नेतले नगद १५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिता यहि बैशाख ६ गतेदेखि १० गतेसम्म नेपालगंजमा भएको थियो । बस्नेत विगत दश बर्षदेखि आईटिएफ खेलमा सहभागी छन ।

प्रकाशित मिति : २०७६ बैशाख १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *