२०८३ कार्तिक २६ गते बुधवार

शुक्रबारसम्म मुद्दा दर्ता गर्ने सरकारी वकिलको तयारी

काठमाडौँ,भदौ ६ । ललितानिवास प्रकरणको मुद्दा शुक्रबारसम्म काठमाडौँ जिल्ला अदालतमा दर्ता हुने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँका अनुसार शुक्रबारसम्म अध्ययन सकेर अभियोजन गरिने तयारी भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार रायसहितको प्रतिवेदन धेरै ठुलो र प्रतिवादीको सङ्ख्या पनि धेरै भएको कारण अध्ययनमै धेरै समय खर्च हुनेछ । मंगलबार मात्रै रायसहितको प्रतिवेदन आइपुगेकाले शुक्रबार कार्यालयसम्म अध्ययन सकी अभियोगपत्र तयार पर्ने तयारी गरिएको छ ।


अध्ययनपछि अभियोगपत्र तयार पार्दा प्रतिवादी बनाइएकाहरूलाई प्रतिवादी बनाउनु आवश्यक छ कि छैन, प्रतिवादी बनाउनु पर्नेलाई बनाइएको छ कि छैन, उनीहरूलाई लगाइएको दफा ठिक छ कि छैन आदि सबै अध्ययन गरी आवश्यक परेमा परिवर्तन समेत गरे अभियोगपत्र तयार पारिने छ ।

अभियोगपत्र तयार भएपछि शुक्रबार कार्यालय समयसम्ममा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी रहेको छ । सहन्यायाधिवक्ता न्यौपानेले भने, ‘मंगलबार रायसहितको प्रतिवेदन आइपुगेको छ । तर प्रतिवादी धेरै भएको कारण त्यसको अध्ययन गर्न समय लाग्छ । त्यसपछि दफाहरू मिलेको छ कि छैन, प्रमाणहरू कस्ता–कस्ता छन् सबै हेरेर आवश्यक परेमा परिमार्जनसहित अभियोजन गर्नुपर्छ । हामीसँग आइतबारसम्म दर्ता गर्ने समय छ । तर हामी शुक्रबार नै मुद्दा दर्ता गर्ने तयारीमा छौँ ।’

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *