२०८२ माघ १० गते शनिवार

म्याद गुज्रेका सामान तत्काल हटाउन तुलसीपुर उबासंघको आग्रह


तुलसीपुर, भदौ ५ । तुलसीपुर उद्योग वाणिज्य संघले आफ्ना व्यावसायीहरुलाई म्याद गुज्रेका सामानहरु तत्काल हटाउन आग्रह गरेको छ ।

बजारमा म्याद गुज्रेका सामानहरु विक्री वितरण हुने गरेको र मूल्य पनि पसलै अनुसार फरक हुने गुनासो आएको बेला तुलसीपुर उद्योग वाणिज्य संघले भने तत्काल हटाउन वा फिर्ता गर्न व्यावसायीहरुलाई आग्रह गरेको हो ।

संघको नियमीत बैठकले आउदै गरेका चाडपर्बको अबसरमा बजारमा हुने अनुगमनलाई सहजिकरण गर्दै म्याद गुज्रेका सामानहरु तत्काल हटाउन वा फिर्ता गर्न ब्याबसायिहरुलाई आग्रह गर्ने निर्णय भएको महासचिव विनिल केसीले जानकारी दिए ।

चार्ड पर्वमा हुने मौसमी अनुगनका बेलामात्र म्याद गुज्रेको सामानहरु हेर्ने र अगि पछि कुनै नियमन नगर्ने भन्ने जनगुनासोलाई पनि यसले सम्वोधन गर्ने भन्दै व्यवसायीहरुनै आफै सजक हुनुपर्ने बताएको छ ।

उपभोक्ता हक हितको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु भएपनि त्यस तर्फ भने कसैले पनि चासो नदिएको स्थानीयहरुको गुनासो हुदै आएको छ ।

त्यस्तै धेरै जसो पसलहरुमा मूल्य सुचिनै नटासी व्यापार व्यवसायी हुने गरेकाले त्यसलाई पनि अनिवार्य रुपमा मूल्य सुचि टास गर्न व्यावसायीहरुलाई अनुरोध गर्ने उनले बताए ।

चाडपर्बमा उपभोक्तालाई दिने सहुलियत र देखिने गरि अनिबार्य रुपमा मूल्य सुचि टास गर्न ब्यबसायिहरुलाई अनुरोध गर्ने निर्णय गरेको बताएको छ ।

‘कुन बस्तुकति प्रतिसत छुट दिने भन्ने े अर्को हप्ता उपसमितिहरु संग बैठक वसी निणर्य गर्ने छौं – महासचिव केसीले भने।’ उनले यस अघिका बर्षमा पनि सहुलियत दिने गरेको भन्दै यस बर्षपनि चाडपर्व नजिकएकाले सो निर्णय गरेको बताए ।

त्यस्तै आर्थिक मन्दिको चापमा परेका ब्यबसायिहरुलाई ब्यबसायिक सुरक्षा,ब्यबसायिक प्रबद्र्धन र उत्पादन र आयमुलक कार्यक्रममा कसरि जोडन सकिन्छ भन्ने बारेमा पनि छलफल भएको बताएको छ ।

संघले स्थानिय सरकार,प्रदेश र नेपाल उद्योग बाणिज्य महासघं संग प्रदेश र केन्द्र सगं समन्वय र पहल गर्ने महासचिब केसीले बताए ।

‘पछिल्लो समयमा आर्थिक मन्दीका कारण धेरै व्यवसायीहरु पलायन हुने अवस्थमा छन् तिनिहरुलाई सरकार संग मिलेर केहि गर्न सकिन्छ भन्नेहो महासचिव केसीले भने ।’

उनले समन्वय गरि केहि आयमुलक र उत्पादन मुलक कार्यक्रम गर्न सके व्यवसायीहरुलाई फाईदा हुने बताए ।

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *