तुलसीपुर,भदौ ५ । राप्ती आँखा अस्पतालमा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुृरगञ्जको आयोजनामा स्थानीय निकायका प्रमुख तथा सरोकारवालासंग छलफल कार्यक्रम भएको हो ।
राप्ती आँखा अस्पतालमा तुलसीपुर उपमहानगरपालिकासंगको साझेदारीमा पुनःस्थापना कार्यक्रम अन्तर्गत दृष्टिविहिन तथा अपाङ्गगता भएका व्यक्तिहरुलाई दातृनिकायको र स्थाानीय पालिकाको आर्थिक सहयोगमा केकसरी आयआर्जनमा जोडने भन्ने विषयमा छलफल भएको थियो ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाका सचिव घनश्याम सुवेदीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको विशेष उपस्थितिमा भएको छलफलमा सहभागीहरुले थोरै रकमले पनि धेरै आयआर्जनका लागि कार्यक्रमहरु ल्याउन सकिने भन्दै यसले अपाङ्गता भएका व्यक्तिहरुको जिवनमा धेरै आर्थिक सुधार लाउने बताएका थिए ।
कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापाले दाङको तुलसीपुर उपमहानगर पालिका, लमही नगरपालिका र गढवा गाउँपालिका, राजपुर गाउँपालिकामा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने विषयमा एक चरणको छलफल भएको बताए ।
उनले दृष्टिविहिन तथा अपाङ्गता भएका व्यक्तिहरुलाई उत्पादन र उनीहरुलाई आर्थिक उपार्जन हुने खाले कार्यक्रम सञ्चालन गर्नका लागि आफुहरुले स्थानीय सरकार संगको साझेदारीमा कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए ।
दातृनिकाय एनएवीपी नर्वेको आर्थिक सहयोगमा स्थानीय सरकारको साझेदारीमा पुनस्थापना कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको बताए ।
‘एनएवीपी नर्वेको केहि रकम र स्थानीय पालिकाकाको केहि आर्थिक रकम लगानिमा तालिमहरु दिएर विभिन्न सामाग्रीहरु निर्माण गरि त्यसलाई बजारी करण गर्ने कार्यक्रमको उद्धेश्य छ, यसले अपाङ्गता भएका व्यक्तिहरुलाई धेरै सहयोग पुग्ने छ,उनले भने ।’
थापाले त्यसका लागि तालिम दिएर राम्रो गुणस्तरीय बस्तुहरु जस्तै सावुन, सरफ उत्पादन गरेर बजारीकरण गर्न सकिने बताए ।
‘हाम्रो उद्धेश्य भनेको सरकारको उद्धमशिलताको नीतिलाई सघाउ पु¥याउने पनि हो यसले सानो सानो उद्योगहरु पनि पछि सञ्चालन गरि धेरैलाई रोजगार दिन सकिन्छ –प्रमुख प्रशासक थापाले भने ।’
उनले उपचारमासंगसंगै पुनस्थापना कार्यक्रमहरु पनि आँखा अस्पतालले यस अघि सञ्चालन गरेको बताए । त्यो कार्यक्रम निकै फलदाई भएको उनको भनाई थियो ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले साझेदारीमा आफुहरुले पनि पुनःस्थापना कार्यक्रम अन्तर्गत कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने बताए । उनले यसका लागि बजेटको व्यवस्थापन गरि साझेदारी गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
‘तपाईहरुले ल्याएको कार्यक्रम राम्रोहो स्थानीय निकायले पनि यसलाई सहयोग गर्न तयारछ केकसरी यसलाई अगाडी बढाउने त्यसको तयारी गर्नुहोस – खड्काले भने ।’
त्यसमा स्थाानीय सरकार हातेमालो गर्न तयार छ । मेयर खड्काले दृष्टिविहिन तथा अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक उपार्जनका लागि यो कार्यक्रम निकै सहयोगी बने बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले आयआर्जनमा टेवा पुग्ने यस्ता खाले कार्यक्रमहरु सञ्चालन गर्न सके अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक उपार्जन हुने बताइन् ।
उनले सानो सानो कुराबाट पनि धेरै काम गर्न सकिने भत्दै यसले पुनस्थापना कार्यक्रमलाई सहयोग पुग्ने बताइन् । त्यस्तै अपाङ्ग सञ्जालका अध्यक्ष तिलसरा पुनले यस अघिपनि विभिन्न तालिम तथा कार्यक्रमहरु आएको भन्दै यसलाई निरन्तर्ता दिनु पर्ने बताइन् ।
‘यस अघिपनि अपाङ्गता भएका व्यक्तिहरुले धेरै तालिमहरु र सिपहरु सिक्नु भएको छ तर त्यसलाई निरन्तर्ता दिन सक्नु पर्छ यसले आर्थिक रुपमा पनि सहयोग गुग्छ उनले भनिन् ।
त्यस्तै नेत्रहीन संघ दाङका पूर्व अध्यक्ष रामबहादुर खड्काले दृष्टि विहिन तथा अपाङ्गता भएका व्यक्तिहरुलाई पुनस्थापना कार्यक्रम सञ्चालन गरि उनीहरुको जिवीको उपार्जनमा सहजता ल्याउनु पर्ने बताए । उनले केहि समय पहिले सञ्चालन भएका यस्ता कार्यक्रमबाट धेरैको जिवनमा परिवर्तन भएको बताए ।
खड्का पुनःस्थापना कार्यक्रमबाटै शिक्षा हासील गरि अहिले स्थायी शिक्षक पेशामा आवद्ध छन् । उनी जस्तै धेरै दृष्टि विहिनहरु शिक्षक पेशामा आवद्ध छन् ।
नेपााल नेत्रज्योति संघ दाङका कोषाध्यक्ष श्यामप्रकाश आचार्य, सह–सचिव चिरञ्जीवि रिजाल, राप्ती आँखा अस्पतालका मेसु डा.सन्तोष सु्वेदी, निमित्त प्रशासक शालिकराम गौतमलगायतको सहभागीतमा भएको छलफल कार्यक्रममा सहभागीहरुले पुनस्थापना कार्यक्रम साझेदारीमा सञ्चालन गरि अपाङ्गता भएका व्यक्तिहरुको जिवन निर्वाहमा सहज हुने भन्दै यसलाई अगाढी बढाउनु पर्ने सुझाव दिएका थिए ।
केहि दिन अगी लमही नगरपालिका तथा अन्य स्थानीय निकायहरुका प्रमुख तथा सरोकारवालाहरु संग लमही आँखा अस्पतालले पनि पुनस्थापना कार्यक्रमको बारेमा एक चरण छलफल गरेको अस्पतालले जनाएको छ ।
यसलाई अन्तिम रुप दिई साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने तयारी भएको छ ।