दाङ, भदौ ४ । सल्यानमा सोमबार दिउँसो भएको गाडी दुर्घटनामा परि दुइ जनाको मृत्यु भएको छ ।
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएका घाइतेहरु मध्य सल्यानको दार्मा गाउँपालिका – २ का ३६ बर्षीया ओमपत खत्री र रुकुम पश्चिमका ६० बर्षीय कमारो कामीको उपचारका क्रममा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले अस्पतालमा थप १६ जना घाइतेको उपचार भइरहेको जानकारी दिए ।
ती मध्य थप दुइ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
रुकुमबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको लु २ ख ५७३१ नम्बरको यात्रु बहाक फोर्स गाडी कपुरकोट गाउँपालिका – ३ आगरखोलामा दिउँसो ३ बजेतिर दुर्घटनामा परेको थियो ।
प्रकाशित मिति : २०८० भाद्र ४ गते सोमवार