दाङ,भदौ ४ । नेपाल प्रेस युनियन दाङले क्षेत्र नम्बर १ देउखुरीमा क्षत्रिय समिती गठन गरेको छ ।
११ सदस्यिय क्षत्रिय समिती गठन गरिएको हो ।
जसको संयोजकमा किरण बिक्रम शाह, सहसँयोजकमा टेकबहादुर पुन, सचिबमा प्रिया स्मृती गजमेर, कोषाध्यक्षमा कौशल अधिकारी, सदस्यहरुमा मेगमन बुढा, ओम प्रकाश बसेल, सपना पौडेल, शरद सागर देवकोटा, लालमणी भुषाल, अरूण पौडेल र कृष्ण यादब चयन भएका छन ।
बैठकले नवगठित पदाधिकारीहरुको पदभार कार्यक्रम यही भदौ ३० गते गर्ने निर्णय गरेको छ ।
प्रेस युनियन दाङका उपाध्यक्ष किरण बिक्रम शाहको अध्यक्षता तथा केन्द्रीय सदस्य देबेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा बैठक भएको हो ।
दाङका ३ निर्बाचन क्षेत्रमा क्षेत्रिय समिती गठन गर्ने जिल्ला कार्यसमितीको निर्णय अनुसार सोमबार देउखुरीमा समिती गठन गरिएको प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले जानकारी दिए ।
उनले बाकी रहेका २ क्षेत्रमा पनि तत्कालै क्षेत्रिय समिती गठन गरिने बताए ।