दाङ,भदौ ३। लुम्बिनी प्रदेश सरकारले आन्तरिक आम्दानीलाई बढाउने कसरत गरेको छ ।
विगत आर्थिक बर्ष भन्दा यस बर्ष आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएको प्रदेश सरकारका अर्थ विज्ञ सुशान्त बैदिकले बताए । “हामीले यस बर्ष आन्तरिक आम्दानीलाई बढाउने गरी लक्ष्य राखेका छौं”,उनले भने “त्यही अनुसार कसरत भइरहेको छ ।”
लुम्बिनीमा गएको आर्थिक बर्ष २०७९÷०८० मा २ अर्ब ६० करोड ९५ हजार रुपैँया आम्दानी भएको थियो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार यो आम्दानी लक्ष्यको ५०.१७ प्रतिशत मात्रै हो । तर, चालु आर्थिक बर्ष २०८०÷०८१ मा आन्तरिक आम्दानी बृद्धि गरेर ६ अर्ब ७३ करोड ५१ लाख पु¥याउने लक्ष्य राखिएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।
उनका अनुसार लामो समय नवीकरण नगरेका सवारी साधनहरुलाई कर छुट गरेर भएपनि करको दायरामा ल्याउन लागिएको छ । जसबाट सवा एक अर्बले राजश्व बद्धि हुने अपेक्षा गरिएको उनले बताए ।
त्यस्तै बन क्षेत्रको खोला खोल्सी ब्यबस्थापनबाट ७५ लाख क्यूविकफिट बन पैदवार र नदीजन्य पदार्थ संकलन गरि साढे एक अर्बले बृद्धि हुने लक्ष्य लिईएको छ ।
गएको आर्थिक बर्षमा बनबाट १४ करोड ६० लाख र सवारीबाट एक अर्ब ५५ करोड मात्रै आम्दानी भएको थियो ।
अर्थमन्त्री मास्कीका अनुसार घरजग्गालगायतको रजिष्ट्रेशन शूल्क, विज्ञापन कर, मनोरञ्जन कर, कृषि आयमा कर, पर्यटन शूल्क,प्राकृतिक स्रोतको संकलन तथा विक्री शूल्क, वातावरण तथा औद्योगिकरण ब्यबस्थापन दस्तुर, राजश्वको बाँडफाँट र दाखिला, प्राइभेट तथा साझेदारी फर्म र पर्यटन व्यबसाय सम्बन्धि बिशेष व्यबस्थापनलगायतबाट प्रदेश सरकारले आम्दानी लिदै आएको छ ।
करको दर नभई दायरालाई फराकिलो बनाई राजश्वका स्रोतहरु विस्तार गर्नु, राजश्व प्रणालीमा सुधार र चुहावट नियन्त्रण गर्नु जस्ता कार्यबाट विगत भन्दा आन्तरिक आम्दानीमा बृद्धि हुने मन्त्री मास्कीको भनाई छ ।
