२०८२ माघ १० गते शनिवार

विश्व फोटोग्राफर दिवसमा धारपानी मन्दिर परिसरमा सरसफाइ

घोराही,भदौ २ । जिल्ला फोटोग्राफर एसोसिएसन दाङले घोराही -५ मा रहेको धारपानी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको छ ।

१८४ औं फोटोग्राफर दिवसको अबसर पारेर जिल्ला फोटोग्राफर एसोसिएसन दाङले शनिबार एक कार्यक्रमका बिच सरसफाइ गरेको हो ।

विश्व फोटोग्राफर दिवस हरेक वर्ष अगस्ट १९ मा मनाउने गरिएको भएपनि औपचारिक रुपमा सन् २०१० देखि यो दिवस मनाउन सुरु गरिएको हो ।

अष्ट्रेलियाली फोटोग्राफर कोस्र्के आराको प्रयासमा औपचारिक रुपमा दिवस मनाउन थालिएको हो ।

जिल्ला फोटोग्राफर एसोसिएसन दाङका अध्यक्ष बसन्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष वसन्त जोशी,नेपाल फोटोग्राफर एसोसिएसनका उपाध्यक्ष मिनराज महरा,महासचिब गणेश दंगालले फोटोग्राफी विधालाई पहिलोपटक मान्यता दिएको दिनलाई हरेक वर्ष विश्व फोटोग्राफी दिवस मनाउने गरिएको बताए ।

उनीहरुले सन् १८३९ अगस्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई पहिलोपटक मान्यता दिएको दिनलाई हरेक वर्ष विश्व फोटोग्राफी दिवस मनाउने गरिएको जानकारी गराए ।

दिवसका अबसरमा हरेक बर्ष विभिन्न किसिमका सामाजिक कार्यक्रम गर्दै आएको र यस बर्ष सरसफाइ कार्यक्रम गरेको बताए ।

उनीहरुले विगत एक महिनादेखि धारपानी मन्दिरमा भएको गङ्गाआरतीमा आउने भक्तजनहरुको चापले फोहोर बढी भएको स्थानमा एसोसिएसनले सरसफाइ कार्यक्रम गरेर महत्वपूर्ण कार्य गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा जिल्ला फोटोग्राफर एसोसिएसन तुलसीपुर शाखाका अध्यक्ष सुरेश भटराई,बिजौरी
उधोग बाणिज्य सघका निबर्तमान महासचिव बिदुर गौतमले पर्यटकिय स्थललाई माथी उठाउन एसोसिएसन दाङले विभिन्न समयमा गर्दै आएका कार्यक्रमहरु सराहनीय रहेको बताए ।

उनीहरुले तुलसीपुर -१९ मा रहेको कालिका मालिका मन्दिर छिल्लीकाेटको प्रचारप्रसार र सरक्षणका लागि आगामी दिनहरुमा सोही स्थानमा पनि कार्यक्रमहरु सन्चालन गर्न आग्रह गरे ।

कार्यक्रममा धारपानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले हालै मन्दिरमा सम्पन्न भएको गङ्गाआरतीमा आउने भक्तजनको चापले फोहोर धेरै भएको समयमा एसोसिएसन दाङले सरसफाइ कार्यक्रम आयोजना गरेर पुन्यको काम गरेको भन्दै धन्यवाद दिए ।

जिल्ला फोटोग्राफर एसोसिएसन दाङका उपाध्यक्ष नारायण खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सहजीकरण महासचिव दुर्गा प्रसाद चौधरीले गरेका थिए भने अर्का उपाध्यक्ष नारायण बिकले धन्यवाद ज्ञापन थिए ।

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *