२०८२ माघ १० गते शनिवार

नेपालगन्ज उबासंघको निर्वाचन आज


बाँके भदौ २ । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन सुरु भएको छ । तीन वर्षीय नयाँ नेतृत्व चयनका लागि दुई समूह प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका तर्फबाट अध्यक्षका लागि ललित कुमार रौनियार नेतृत्वको समूह र समावेशी व्यवसायीको तर्फबाट टंकसिंह धामी नेतृत्वको समूहबीच प्रतिस्पर्धा हुनेछ । नेपालगन्ज रंगशालामा सुरु भएको मतदानमा ५ हजार ४ सय बढी मतदाताले मतदान गर्नेछन्।

संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका तर्फबाट उपाध्यक्ष (बाणिज्य) विष्णु प्रसाद श्रेष्ठ, उद्योग (बाणिज्य)सफिक वेहना, महिला उपाध्यक्षमा करिष्मा योगी, महासचिवमा टंक प्रसाद शर्मा, उप महासचिवमा टेक बहादुर खड्का, कोषाध्क्षमा मख्खन बहादुर धामी उम्मेदवार छन् ।

यसैगरी सदस्य पदमा शिवप्रसाद दाहाल, अतुल कुमार गुप्ता, सुनिल भण्डारी, सन्तोष कुमार पौडेल, विवेक कुमार श्रेष्ठ, कैफुल वरा जोलाह, पदम श्रेष्ठ, युवराज ढकाल, प्रमोद कुमार अग्रवाल, बलबहादुर विष्ट (बबी) चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *