२०८२ माघ १ गते बिहिवार

जंगली च्याउ खाएर विरामी परेका एकै घरका दुईजनाको मृत्यु

दाङ,भदौँ १ । दाङको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर विरामी परेका एकै घरका दुईजनाको मृत्यु भएको छ । भने अर्का एकजना गम्भिर विरामी भएका छन् ।

साउन २९ गते साँझ बंगलाचुली ४ भित्ताला जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाएर विरामी परेका तिन जना मध्य दुईजना एकै घरका आमाछोरीको मृत्यु भएको हो ।

जंगली च्याउ खाएर गम्भिर विरामी परेकी बंगलाचुली ४ मैकुटीमा वस्दै आएकी २७ वर्षिया ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रवार मृत्यु भएको हो ।

यस अघि उनकि ११ वर्षकी छोरी अस्मिता सुनारको साउन ३१ गते मृत्यु भईसकेको छ । त्यस्तै मृतक ईश्वरी सुनारका श्रीमान अजय सुनारको पनि स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

उनको अहिले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको छ । मृतक ईश्वरी सुनारको एक वर्ष नपुगेका एक छोरा ,आठ वर्ष र चार वर्षकी दुई छोरी रहेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *