२०८२ पुष ३० गते बुधवार

नक्कली प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएसका विद्यार्थी पक्राउ

काठमाडौं,भदौँ १ । नक्कली प्रमाणपत्र बनाएको आरोपमा चितवनबाट एमबीबीएसका एक विद्यार्थीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्रेको छ।

सीआईबीले गएराति चितवनबाट नसिम अख्तरलाई पक्राउ गरेको हो। सप्तरीको राजविराज–७ स्थायी ठेगाना भएका अख्तरको थप अनुसन्धान हुँदैछ।

अख्तर चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन्। उनीमाथि आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ।

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *