दाङ, साउन ३२ । नेकपा माओवादी केन्द्रले भदौ १६ देखि सुरु गर्न थालेको तीन महिने अभियानको तयारी सुरु गरेको छ ।
‘घरघरमा माओवादी, जनजनमामाओवादी’भन्ने नाराका साथ माओवादी केन्द्रले देशैभरि एकै पटक ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु गर्ने योजना अगाडि सारेको छ ।
यसैक्रममा माओवादी केन्द्र लुम्बिनीले अभियानको तयारी थालेको छ । लुम्बिनीप्रदेशको राजधानी दाङको राप्ती उपत्यका ९देउखुरी०मा बसेको चौथो पूर्ण बैठकले अभियान सफल पार्न तयारी थाल्ने निर्णय गरेको केन्द्रीय सदस्य जगप्रसाद शर्मा ‘अपार’ले जानकारी दिए ।
बैठकले प्रदेशका १२ वटै जिल्लामा अभियान संयोजक तोकेको छ । रुकुमपूर्वमा कमला रोका, रोल्पामा पूर्ण घर्ती, प्युठानमा निर्मल आचार्य, गुल्मीमा जोखबहादुर महरा, अर्घखाँचीमा बामदेव क्षेत्री, पाल्पामा कृष्णध्वज खडका, नवलपरासी पश्चिममा हकिकुल्ला खाँ, रुपन्देहीमा गणेशमान पुन, कपिलवस्तुमा महेश्वर गहतराज, दाङमा जयपुरी घर्ती, बाँकेमा कुलप्रसाद केसी र बर्दियामा पूर्णाकुमारी सुवेदी अभियान संयोजक तोकिएका छन् ।
बैठकमा सबै जिल्ला संयोजकले रिपोर्टिङ गरेका थिए भने हालै भएको पार्टी केन्द्रीय समिति बैठकका निर्णय बारे उपाध्यक्ष कृष्णबहादुर महरा, प्रदेश इञ्चार्ज हितमान शाक्य, स्थायी समिति सदस्य रेखा शर्मालगायतले जानकारी गराएका थिए ।
पार्टी सत्ता, राज्य सत्ता र सामाजिक सत्तालाइ एक अर्कामा जोडदै सुशासन, सामाजिक न्याय र समृद्धिको महाअभियान सफल पार्न जनतासँग एकाकार अभियानको मूल उद्देश्य रहेको केन्द्रीय सदस्य शर्माले जानकारी दिए ।
‘संघीयलोक तान्त्रिक गणतन्त्रलाइ सुदृढ गर्ने, बामपंथी एवं समाजवादी धारको जगमा राष्ट्रिय शक्तिको विकास गर्दै समाजवादको आधार तयार पार्ने अभियभानको उद्देश्य हो’– उनले भने – ‘अभियानलाई प्रभावकारी वनाउन १२ लक्ष्य र १२ उद्देश्यसहित संचालन कार्यविधि निश्चित गरिएको छ ।’
प्रदेशका एक सय नौ पालिकाहरुमा पार्टी संगठन सुदृढ गर्ने, नौ सय ८३ वडाहरुमा पार्टी संगठन सुदृढ एबं विस्तार गर्ने, हजारौ पार्टी सदस्यहरुलाई परिचालन गर्ने र लाखौ जनतामा पुग्ने लक्ष्य राखिएको उनले बताए ।
अभियानलाइ तीन चरणमा सम्पन्न गर्न निर्णय बैठकले गरेको छ । भदौ १ देखि १५ सम्म आन्तरिक तयारी, १६गते उद्घाटन र २५ गतेसम्म वार्मअप तथा भदौ २६ देखि मंसिर १५ सम्म निरन्तरताको चरण भनिएको छ ।
बैठकले जगप्रसाद शर्माको नेतृत्वमा चक्रव्यह थापा, नारायण अधिकारी, लक्ष्मी चौधरी रहेको अभियान अनुगमन तथा प्रशिक्षण टीम निर्माण गरेको छ ।
केन्द्रीय सदस्य जिल्लाबाहिर, प्रदेश सदस्य पालिका बाहिर
अभियान सफल पार्न केन्द्रीय सदस्यलाई जिल्ला बाहिर पठाउने नीति लिएको छ । अभियभान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यलाई अन्तर जिल्ला र प्रदेश सदस्यहरुलाई अन्तर पालिकामा खटाउने गरी कार्य क्षेत्र विभाजन गर्ने केन्द्रीय समितिको बैठकबाट नै निर्णय भएको नेताहरुले बताएका छन् । अभियान टीमले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रम गर्नुपर्ने छ ।
अभियभानका क्रममा आठौं महाधिवेशन बाट पारित २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो सम्बन्धी रणनीति र कार्यनीतिपनि पार्टी पंक्ति र जनसमुदा यस्तरसम्म पु¥याउने नीति बनाइएको शर्माले जानकारी दिए ।
नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या आठ लाख पु¥याउने लक्ष्यलिएको अभियानका क्रममा कम्तीमा २५ लाख मतदातासम्म पुुग्ने आशा नेताहरुले गरेका छन् ।