२०८२ माघ ४ गते आइतवार

कालिमाटीको गंगामाला मन्दिर परिसरमा सरसफाई

सल्यान, साउन ३२ । सल्यान कालिमाटीको गंगामाला भगवती मन्दिर परिशरको सरसफाइ गरिएको छ ।

साउन महिना भर बन्द रहने यो मन्दिर भदौ १ गतेदेखि खुल्दै छ । स्थानीय बुढापाकाका अनुसार साउन महिनामा गंगामाला भगवती रजस्वला हुने भएकाले साउनमा एक महिना मन्दिर बन्द गर्ने प्रचलन रहँदै आएको छ ।


त्यस अघि मन्दिर परिसर र मन्दिरसम्म पुग्ने सिढीको सरसफाई गरिएको मन्दिर व्यवस्थापन समितिका निवर्तमान सचिव सशिराम वलीले जानकारी दिए । कालिमाटी – ३ को भगवती मन्दिरमा देशका विभिन्न स्थानबाट भक्तजनहरु दर्शन, अवलोकन र पूजा अर्चना गर्न आउने गर्छन ।

विहीबार मन्दिर व्यवस्थापन समितिको नेतृत्वमा जनप्रतिनिधी, इलाका प्रहरी कार्यालय कालिमाटीका प्रहरी र स्थानीयले मिलेर सरसफाई गरेका हुन ।

रामपुर बजारदेखि मन्दिर परिसर सम्मको सिढी र मन्दिर वरिपरी विहान ७ बजेदेखि करिव ९ः३० सम्म सरसफाई गरिएको थियो । वडाध्यक्ष शिवबहादुर खत्री, इप्रका कालिमाटीका प्रहरी सहायक निरीक्षक अक्ष्मण अधिकारी, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थमनबहादुर खत्री लगाएत स्थानीय व्यापारीले सरसफाइ गरेका हुन ।

पूजारी टोपबहादुर राजीका अनुसार गंगामालाको दर्शन, अवलोकनका लागि कैलाली कञ्चनपु, बाँके, बर्दिया, दाङ, प्यू्ठान लगाएत देशका विभिन्न जिल्लाबाट भक्तजनहरु आउने गरेका छन् । मन्दिरमा पूजाअर्चना संगै बोका र कुखुराको बलीपनि दिने गरिन्छ ।

मन्दिरले वार्षिक १२ देखि १४ लाख रुपैंया सम्म आम्दानी गर्ने गरेको छ । यो मन्दिरमा हरेक वर्ष मंसिरमा ठूलो मेला लाग्ने गर्दछ ।

यो गाउँपालिकामा गंगामाला भगवती मन्दिर संगै त्रिकोटेश्वर मन्दिर, कछुवा दह, शिव मन्दिर, सिम्ले लहरा, चमेरे गुफा लगाएतका पर्यटकीय एवम् धार्मीक स्थल रहेका छन् ।

पालिका भित्रका धार्मिक एवम् पर्यटकीय स्थलको संरक्षण, विकास, प्रचारप्रसारका लागि गाउँपालिका आफै र प्रदेश, केन्द्र सरकार तथा विभिन्न निकायसंग समन्वय भइरहेको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *