२०८२ माघ १० गते शनिवार

सेवा प्रवाह चुस्त बनाउने प्राथमिकता – रेखा शर्मा

लमही, साउन ३१ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शुसासन कायम गर्ने र सेवा प्रवाहलाई चुस्त बनाउने वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको बताएकी छन् ।

सरकारले आफुले निर्धारण गरेको प्राथमिकताको आधारमा कामहरु तीब्र गतिमा गरिरहेको उनले दाबी गरिन ।

दाङको लमहीमा जैविक विविधता पार्क अवलोकनको क्रममा उनले गल्ती गर्ने जो सुकैलाई पनि कानुनी कारबाही हुन्छ भन्ने सन्देश दिन सरकार सफल भएको बताइन ।
हाईप्रोफाईल कल्चरको अन्त्य गर्न सरकारले कानुन सबैका लागी बराबर हुन्छ भन्ने सन्देश दिएको, संविधान र कानुनको मातहतमा सबै रहेको, गल्ती गर्ने जो सुकैलाई पनि नछोड्ने गरी सरकारले स्पष्ट रुपमा काम गरिरहेको बताइन ।

स्थानीय तहले पनि शुसासन कायम गर्न र सेवा प्रवाहलाई चुस्त बनाउन प्राथमिकता दिनुपर्ने बताइन । केन्द्र, प्रदेश र स्थानीय तहले जनतामा हुर्किदै गइरहेको निरासालाई हटाउने गरी सुशासन कायम गर्न र सेवा प्रवाहलाई चुस्त बनाउने गरी काम गर्न आग्रह गरिन ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *