२०८२ माघ १० गते शनिवार

निम्न आय भएका नागरिकको लागि पहुंच हुने गरी अस्पतालको सेवालाई विस्तार गर्छौं ः डा शर्मा

तुलसीपुर,साउन ३१ । राप्ति प्रादेशिक अस्पताल तुलसीपुरको निमित प्रमुख डा. हेमराज शर्माले विशेषज्ञ सेवा सहित निम्न आयस्तर भएका नागरिक हरुका लागि पहुँच हुने गरी अस्पतालको सेवालाई विस्तार गर्ने बताएका छन ।

लायन्स क्लव अफ तुलसीपुर ईशानको आयोजना राप्ति प्रादेशिक अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण कार्यक्रममा बोल्दै डा. शर्माले अस्पतालबाट दिने सेवा थप विशिष्टीकृत गर्दै लैजाने बताए । उनले अस्पातलमा दिने सेवामा कुनै कन्जुस्याइँ नहुने बताए ।

लायन्स क्लव अफ ईशानका अध्यक्ष ऋषि भण्डारीको अध्यक्ष्यतामा भएको कार्यक्रममा ईशानका सल्लाहकार तथा सामाजिक अभियन्ता विमल रिजालले अस्पतालबाट दिने निशुल्क औषधीहरु बिरामीहरूले स्वतःस्फूर्त रूपमा पाउनु पर्ने बताए ।

अभाव र आवश्यकता भएको ठाउँहरूमा सामाजिक संघ संस्थाहरुको योगदान महत्वपूर्ण छ रहेको रिजालको भनाई छ ।

लायन्स क्लव अफ ईशानका सचिव दीपक केसीको जीवन सँगिनीको जन्म दिनको अवसर पारी ईशानले अस्पतालमा भर्ना भएका ७० जना बिरामीलाई फलफूल वितरण गरेको थियो । जन्मदिनमा हुने फजुल खर्च कटाएर जन्मदिनमा बिरामीलाई फलफूल वितरण गरिएकोले सचिव केसीले बताए ।

सो अवसरमा ईशानका संस्थापक अध्यक्ष बुद्ध प्रकाश सिंह निवर्तमान अध्यक्ष प्रेम प्रकाश गिरी लगायतको उपस्थिति रहेको थियो ।

इसान दाङका उपाध्यक्ष सुनिल खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव दीपक केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *