काठमाडौं,साउन ३१ । सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरुलाई बुधबार काठमाडौँबाट पक्राउ गरेको हो ।
३ साउनमा बरामद भएको ६० किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका ४ जनाको नाम भने प्रहरीले खुलाएको छैन ।
उनीहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराई अनुमति मागेको छ । यसअघि यही प्रकरणमा १७ जना पक्राउ परिसकेका छन् ।
प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार