घोराही, साउन ३० । दाङको धारपानीमा आज बेलुकी यो बर्ष साउन महिनाको अन्तिम गंगा आरती हुने भएको छ ।
महामहोत्सव सुरु भएदेखि अत्यन्तै उत्साहपूर्ण भत्तजनहरुको सहभागितामा सञ्चालन गरिदै आइएको गंगा आरती तथा दिप प्रज्वलन आज बेलुका अन्तिम पटक गर्न लागिएको छ ।
बेलुकी ४ बजेदेखि सुरु हुने गंगा आरतीमा एक करोड बढी दिप प्रज्वलन गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिए ।
सुरुमा महोत्सवमको अन्तिम दिन एक करोड दिप प्रज्वलन गर्ने लक्ष्य राखिएको भएपनि दीप प्रज्वलन गर्ने भत्तजनहरुको संख्या उल्लेख्य मात्रामा बढेपछि एक करोड भन्दा बढी दीप प्रज्वलन गर्न थालिएको अधिकारीले बताए ।
त्यसको तयारी स्वरुप दिउसो १२ बजे सम्म बत्ति बाल्न चाहाने भत्तजनलाई नामदर्ता गर्न समय छुट्याइएको थियो ।
ऋधिक मलमासका समयमा मात्र सञ्चालन गर्न मिल्ने महामहोत्सव घोराही ५ धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिर धारपानीमागत साउन २ गतेदेखि सञ्चालनहदै आएको छ । मन्दिरको प्रचार प्रसार तथा धर्म र धार्मिक आस्था तप सुढृड बनाउने उदेश्यले सञ्चालित महामहोत्सवमा हजारौ भत्तजनको सहभागिता हुदै आएको छ ।
दैनिक दुई चार सय भत्तजनहरुको सहभागिता होला भन्ने अपेक्षा राखेको भएपनि हरेक दिन हजारौ भत्तजनहरु उपस्थित भैदिदा आफुहरुलाई कार्य संचालन गर्न थप हौसला मिलेको अध्यक्ष अधिकारीले बताए ।
दाङ मसिनाका पण्डित अमृत शरण देवाचार्यले महामहोत्सवमा प्रवचन दिदै आएका छन् ।
वाराणसी समूहले प्रत्येक दिन वेलुकी ६ बजेदेखि ७ बजेसम्म वैदिक श्रृङ्गारिक गंगा आरती गर्ने गरेको छ ।
महामहोत्सव अवधिभर बिहान ६ बजेदेखि ७ सम्म पतञ्जली योग घोराहीनगर समितिको सहयोगमा योग प्रशिक्षण,७ देखि ९ बजे सम्म मण्डव पूजा तथा हवन सञ्चालन, ९ देखि ११ बजे सम्म पुरुषोत्तम महात्म्य पाठपारायण, ११ देखि दिउँसो ४ बजे सम्म संगीतमय लिलामय पुरुषोत्तम महात्म्य प्रवचन, बेलुही ६ देखि ७ बजेसम्म पुरुषोत्तम एवं बोलबम महाआरती र बेलुकी ७ देखि ९ बजे सम्म संगीतमय लिलामय प्रवचन तथा भजन सञ्चाल हुँदै आएको समितिका सचिव विष्णुराम आचार्यले बताए ।