२०८२ माघ ३ गते शनिवार

गुल्मीमा अरिङ्गालले टोक्दा २१ वर्षीय युवाको मृत्यु

गुल्मी ,साउन ३० । अरिङ्गालले टोक्दा गुल्मीमा २१ वर्षीय युवाको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ कालढुङ्गाका शैलेस सिंह ठकुरीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

प्रहरीका अनुसार, सोमबार साँझ ६ बजेको समयमा उनी साथीहरूसँग मुसिकोट नगरपालिका वडा नम्बर ३ मा रहेको देविस्थान सामुदायिक जंगलमा अरिङ्गाल पोल्न गएका थिए ।

बुबा भगवान सिंह ठकुरीका अनुसार अरिङ्गालले टोक्दा घाइते शैलेस राति घरमा आएर सुतेको र मंगलबार बिहान उपचारको लागि गुल्मीको सदरमुकामस्थित गुल्मी अस्पतालमा ल्याइएको थियो ।

उनलाई बिहान साढे ८ बजे गुल्मी अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *