२०८१ भाद्र २३ गते आइतवार

आठौ राष्ट्रिय खेलकुद : एपीएफ र आर्मी महिला फुटबलको उपाधी होडमा


लक्ष्मण बस्नेत,
दाङ, बैशाख १० । आठौ राष्ट्रिय खेलकुद अन्तरगत महिला फुटबलको उपाधीका लागि दुई विभागिय टिम नेपाल आर्मी र शसस्त्र प्रहरीको एपीएफ भिड्ने भएका छन् । प्रतियोगितामा हावी देखिएका दुबै टिमको फाइनल भिड्न्त कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अनुमान गरिएको छ । खेल बुधबार दिउँसो ३ बजे पछी हुनेछ ।

आठौ राष्ट्रिय प्रतियोगिता हाम्रो प्रदेशमा पसिना र पौरख आफ्नै देशमा भन्ने मुल नाराका साथ संचालित प्रतियोगिताको मंगलबार सम्पन्न सेमिफाईनलमा प्रदेश नं ३ लाई सुन्यका विरुद्ध ६ गोलको फराकिलो अन्तरले स्तव्ध पार्दै आर्मीले फाईनल यात्रा तय गरेको हो । आर्मी जर्सी नं १५ का खेलाडी बिमला चौधरीले खेलको १० औ मिनेटमा पहिलो गोल गरिन् । बिमलाको गोल संगै १–० को अग्रता बढाएको आर्मीलाई जर्सी नं ९ की खेलाडी शर्मिला थापाले पहिलो हाफ्को २७ औ र ४० औ मिनेटमा गोल गर्दै पहिलो हाफ्मा ३–० को अग्रता दिलाईन् ।

खेलको दोस्रो हाफ्को १५ औ र २२ औ मिनेटमा जर्सी नं १० कि खेलाडी कृष्णा खत्रीले गोल गरिन् भने जर्सी नं २३ की खेलाडी इन्दिरा राईले दोस्रो हाफ्को ३५ औ मिनेटमा गोल गर्दै टिमलाई ६–० को जित दिलाउन सफल भईन । त्यस्तै उल्लेख्य दर्शकका विच मंगलबार नै सम्पन्न निकै कडा प्रतिस्पर्धा र रोमाञ्चक दोस्रो सेमिफाईनल खेलमा नेपाल पुलिसलाई सर्ट एण्ड डेथमा पराजीत गर्दै एपिएफले आर्मी संगको उपाधी भिड्न्त पक्का गरेको हो

खेलमा एपीएफका तर्फबाट जर्सी नं ९ की खेलाडी सावित्रा भण्डारीले पहिलो हाफ्को ९ औ मिनेटमा पहिलो गोल गरिन् । त्यस्तै दोस्रो हाफ्को अन्त्यमा नेपाल पुलिस की जर्सी नं १४ की खेलाडी निरु थापाले जवाफी गोल गर्दै खेल बराबरीमा पु¥याउन सफल भईन् । निर्धारित समय सम्म खेलको नतिजा बराबरी भएपछी खेल ट्राईवेकरमा गएको थियो । ट्राइवेकरमा ५÷५ को बराबरी भए पश्चात नतिजा सर्ट एण्ड डेथमा निकालिएको थियो ।

प्रकाशित मिति : २०७६ बैशाख १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *