२०८२ माघ १ गते बिहिवार

दुई जना महिलाको हत्या गरेको आरोपमा एक महिला पक्राउ

रुकुम पश्चिम,साउन २९ । रुकुम पश्चिममा दुई जना महिलाको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

मुसिकोट नगरपालिका-१ की ५२ वर्षीया हस्तकली बुढाथोकी र २०७५ साल असार १० गते मृत भेटिएकी ४६ वर्षीया आइती बुढाथोकीको हत्या आरोपमा २३ वर्षीया सिर्जना बुढाबोहोरा पक्राउ परेकी हुन् ।

गएको बिहीवार मृत भेटिएकी हस्तकलीको हत्या आरोपमा पक्राउ परेकी सिर्जनाले झन्डै पाँच वर्षअघि आइतीको पनि हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार बोहोराले दुवै जनाको हत्या गरेको स्वीकार गरेकी छन् ।सिर्जनाले प्रहरी समक्ष पाँच वर्षअघि आफूले गरेको हत्या कसैले पनि पत्ता लगाउन नसकेपछि हस्तकलीको पनि हत्या गरेको बयान दिएकी हुन् ।

दुवै महिलाको हत्याको उद्देश्य र प्रकृति एउटै रहेको प्रहरीले जनाएको छ । गहना र पैसा लुट्ने उद्देश्यले उनीहरुको हत्या भएको हो । प्रहरीले हस्तकलीको हत्या प्रकरणमा बोहोरासहित अन्य दुई जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *