२०८२ माघ ३ गते शनिवार

बाढीले भत्काएको सडक मर्मत गरिदै

तुलसीपुर,साउन २९ । घोराही तुलसीपुर सडकखण्डअन्तर्गत आइतबार आएको बाढीका कारण भत्किएको सडक मर्मत सुरु गरिएको छ ।

सडकखण्डको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ फोर्टिनाइन चोकदेखि पूर्वतर्फको सुरैना चिरामा आएको बाढीले सडक भत्काएको थियो ।

तुलसीपुर उपमहानगरपालिका र सडक डिभिजन कार्यालयका यान्त्रिक साधन प्रयोग गरेर सडक मर्मत सुरू गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले भत्किएको सडकखण्डमै पुगेर सोमबार साँझसम्म पूर्णरूपले सञ्चालनमा आउने गरी काम गर्नका लागि निर्देशन दिए ।

नगरप्रमुख खड्काले आवश्यक पर्ने यान्त्रिक साधनपूर्णरुपले प्रयोग गरेरै भएपनि सडक सञ्चालनमा ल्याउनका लागि सहयोग गरिने बताए ।

घोराही तुलसीपुरको सडकअन्तर्गत त्यस क्षेत्रमा अवरुद्ध भएतापनि सहायक मार्ग तुलसीपुर १८ कोे दुधरास सक्राम सडकखण्डबाट यातायातका साधन सञ्चालनमा आएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८का वडा सदस्य धनबहादुर बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *