लक्ष्मन बस्नेत,
दाङ,बैशाख १० । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङको लमहीमा भएको महिला क्रिकेटको उपाधी एपिएफले चुमेको छ । मंगलवार अपरान्ह भएको उपाधी भिड्न्तमा प्रदेश नम्बर १ लाई ८७ रनको अन्तरले पराजित गर्दै एपिएफले उपाधी उचालेको हो । फाईनलमा एपिएफ संग पराजित प्रदेश नं. १ उपबिजेतामा चित्त बुझाउन बाध्य भयो । महिला क्रिकेटमा सुदुरपश्चिम प्रदेश तृतिय भएको छ ।
टस जितेर ब्याटिङको अबसर पाएको एपिएफले २० ओभरमा पुरै विकेट गुमाएर १२८ रन वनाएको थियो । जसमा ज्योती पाण्डेले सर्वाधिक ४५ र सिताराना मगरले ४२ रनको योगदान गरेका थिए ।
बलिङ तर्फ प्रदेश १ की रुविना क्षत्री, सवनम राई र संगिता राइले समान ३ ÷ ३ विकेट लिन सफल भएका थिए ।
१२९ रनको बिजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको प्रदेश नम्बर १ ले १९ दशमलव ४ ओभरमा अलआउट हुदै ४१ रनमा समेटिन पुगेको थियो ।
खेलमा रश्मि शर्मा चौलागाई अविजित रहँदै २७ रन जोडेकी थिइन । त्यसैगरी बलिङ तर्फ एपिएफकी रितु कनोजिया, सरिता मगर र सीता राना मगरले समान २÷२ विकेट लिएका थिए । खेलमा प्लेर अफ द म्याच रिता राना मगर घोषित भइन । त्यसैगरी वेस्ट वलर प्रदेश नं. १ की संगिता राई, वेष्ट व्याट्सम्यान प्रदेश ७ की कबिता जोसी, प्लेयर अफ द टुनामेन्ट प्रदेश नं. १ की रुविना क्षत्री भइन ।