२०८२ माघ १० गते शनिवार

तत्कालका लागि पर्यटनमन्त्री किराँतीको पद यथावत रहने

काठमाडौँ ,साउन २९ । तत्कालका लागि पर्यटनमन्त्री सुदन किराँतीको पद यथावत रहने भएको छ।

बालुवाटारमा बसेको माओवादीको पदाधिकारीको बैठकले अहिले आफ्नो तर्फबाट सरकारमा सहभागी सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई मात्रै फिर्ता बोलाउने निर्णय गरेको हो।

सचेतक हितराज पाण्डले भने, ‘अहिलेका लागि पार्टीले एक जना मात्रै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।’

किराँतीलाई पनि फिर्ता बोलाएर माओवादीबाट माधव सापकोटा, महिन्द्र बहादुर शाही र हितबहादुर तामाङमध्ये एक जनालाई मन्त्री बनाउने तयारी भए पनि पदाधिकारी बैठकले मोदीलाई फिर्ता गर्ने मात्रै निर्णय गरेकोे हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पार्टीबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाएर जनमत पार्टीकी अनितादेवि शाहलाई मन्त्री बनाउन लागेका छन्।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *